एजेन्सी । स्टिभ स्मिथ टेस्ट व्याट्सम्यानको शीर्ष बरियतामा उक्लिएका छन । भारतीय टिमका कप्तान विराट कोहलीलाई उन्छिदै स्मिथ शीर्ष स्थानमा फर्किएका हुन । हाल न्युजिल्याण्ड भ्रमणमा रहेका कोहली पहिलो टेस्टको दुबै पालीमा खराब प्रदर्शनबाट गुज्रिएका थिए ।
पहिलो टेस्ट गुमाएको खेलमा कोहली दुबै पालीमा अर्धशतक बनाउन समेत असमर्थ रहे । जसकारण अन्तराष्ट्रिय क्रिकेट परिषद आइसिसीले नयाँ बरियतामा कोहलीलाई पछि पार्दै स्मिथ शीर्ष स्थानमा फर्किएको घोषणा गरेको हो । बुधबार आइसिसीले सार्वजनिक गरेको नयाँ बरियताअनुसार ९११ रेटिंग पाएका स्मिथ शीर्ष स्थानमा छन । ९०६ रेटिंग पाएका कोहली दोस्रो स्थानमा झरेका छन ।
पछिल्लो पटक भारत भ्रमणमा रहेको वेष्ट इण्डिजविरुद्ध कोहलीले दोहोरो शतक बनाएका थिए । त्यसबेला प्रतिबन्ध फुकुवा भएलगत्तै इग्ल्याण्डविरुद्ध दोहोरो शतक बनाएका स्मिथ शीर्ष स्थानमा थिए । दोहोरो शतक बनाएसँगै कोहली शीर्ष स्थानमा फर्किदा स्मिथ दोस्रो स्थानमा झरे ।
तर पछिल्लो पटक न्युजिल्याण्ड भ्रमणमा खराब प्रदर्शन गर्नु नै कोहलीको शीर्ष स्थान गुम्यो । बरियताको तेस्रो स्थानमा न्युजिल्याण्डका कप्तान केन विलियम्सन, चौथोमा अष्ट्रेलियाका मार्नोस लाबुस्चेंघ, पाँचौमा पाकिस्तानका बाबर अजाम, छैटौमा डेभिड वार्नर, सातौमा जोय रुट, आठौमा आजिन्क्या रहाणे, नवौमा चेतेश्वर पूजारा, दशौँमा मयंक अग्रवाल छन ।
भारतका ओपनर व्याट्सम्यान अग्रवाल पहिलोपटक टेस्ट क्रिकेटको बरियतामा शीर्ष १० मा अटाएका हुन । बलिंगतर्फ भने अष्ट्रेलियाका प्याट कुमिन्स शीर्ष स्थानमा यथावत छन भने अलराउण्डरतर्फ वेष्ट इण्डिजका जेसन होल्डर यथावत रहेका छन ।