काठमाडौं : लोक दोहोरी गीत सुन्ने जो-कोहीको मन मुटुमा बस्न सफल नायक हुन् राजु परिवार । राजु स्वरका धनि गायक हुन् । उनले सयौं गीत गायिसकेका छन् । उनका गीत सुनेर नरुने कमै होलान । उनी प्राय नेपाली समाजको यथार्त वास्तविक घटना बोकेका गीत धेरै गाउने गर्छन ।
'लालुपाते नुग्यो', 'हातमा रातो झोला', 'धागो राम्रो रेशम किराको', 'तिमीलाई चिनो' जस्ता गीतबाट आफ्नो छुटै पहिचान गराएका छन् । अहिले पनि उनका यी गीतहरु गाउँ घर तिर अझै बजेका सुनिन्छन ।
उनी एक सफल गायकको रुपमा चर्चित छन् किनभने उनी हाम्रो समाजमा घटेका सत्य,तत्थ कथालाई आफ्नो गीतमा प्रस्तुत गरेको हुन्छन । त्यसैले होला उनका गीत दर्शकले रुचाएका छन् । उनी सदाबहार गायक पनि हुन् ।
उनले फेरी नयाँ गीत 'भिषा लायो टिकटै आयो' बोलको गीत सार्वजनिक भएको छ । गीतमा उनीसंगै गायिका मेनुका परिवारको स्वर रहेको छ ।
पछिल्लो समय नेपाली युवा रोजगारीका लागि दिनप्रति दिन विदेश जानु परेको छ । नजाने इच्छ हुँदा हुँदै पनि बाध्यताले विदेशिनुको छ । नेपाली युवाको यथार्थलाई राजुले गीतमार्फत प्रस्तुत गरेका छन् ।
गीतमा शब्द र संगीत पनि गायक परियार कै रहेको छ । भिडियोमा अपिक्ष्या पौडेल, भिम दुरा, आशा पुनसंगै गायक राजुले स्वंयले अभिनय गरेका छन् । उक्त भिडियोलाई निशान बानियाले निर्देशन गरेका हुन् ।