सिमकोट : खाद्य व्यवस्था तथा ब्यापार लिमिटेड कम्पनीको हुम्ला शाखाले ग्राहकलाई खाद्यान्न बिक्री गर्दा नगद रसिद लिएर मात्र खरिद गर्न आग्रह गरेको छ । सर्बसाधारणको माग अनुसार खाद्यान्न खरिद गरेको प्रमाणको माग हुन थालेका वेला लिमिटेडको हुम्ला शाखा शाखाले नगदी रसिद सबैले लिएर खाद्यान्न खरिद गर्नू पर्ने बताएको हो ।
नियम अनुसार काम गर्न, आफ्नो पारदर्सीता र हिसाब मिलानमा सहयोग पुगोस भन्न खाद्यन्न बिक्री गरि रहेको लिमिटेडको हुम्ला शाखाले खरिदको नगदी रसिद लिन आग्रह गरेको छ । पहिलो पटक आफुले खाद्यान्न लिमिटेडबाट खरिद गरेर नगदी रसिद लिएका नेत्र शहादुर शाहीले अब खाद्यान्न खरिदमा ढुक्क हुने अबस्था आएको बताए ।
यसअघि रसिद बिनै सेवाग्राहीले शाखाका कर्मचारीलाई देखाएको खाद्यान्न कार्ड अनुसारको मुल्य तिर्ने तर नगदी रसिद नलिएरै खाद्यान्न बिक्री बितरण हुने गथ्र्यो । उनले नगदी रसिद हातमा लिएपछि आफुले खरिद गरेको खाद्यान्नको मुल्य र परिणाम बारे पनि निश्चित भएको बताए ।
लिमिटेडको शाखाका प्रमुख कृष्ण प्रसाद अधिकारीले २०३४ सालमा स्थापना भएको तत्कालीन खाद्य संस्थानको सिमकोट शाखा र हाल लिमिटेडले पहिलो पटक नगदी रसिदबाट कारोवार सुरु गरेको बताए ।नगदी रसिदबाट कारोवार सुरु भएको र सबैले लिएरै जान उनले आग्रह गरे ।
स्थापनाको ४४ वर्षपछि शाखाले नगदी रसिदबाट खाद्यान्न बिक्री गरेको हो । उनी केही दिन अगाडी मात्र सरुवा भएर जिल्लामा आएका हुन । नगदी रसिदबाट बिक्री गर्न सुरु गरेको पहिलो दुई दिनमै जन्मदर्ता र मृत्यु तथा अन्य भैपरि आउने खाद्यान्न दुई सय क्वीन्टल खाद्यन्न बिक्री शाखाले गरेको जनाएको छ । यसबाट सात लाख रुपियाँ मुल्यको खाद्यान्न बिक्री भएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले क्रेता र बिक्रेताको स्पष्टताका लागि पनि नगदी रसिद आबश्यक रहेको बेला यो कार्यको थालनी हुनु सकरात्मक पक्ष भएको बताए । यसका लागि अनिबार्य व्यवस्थाका लागि प्रजिअ आचार्यले शाखालाई सुझाव समेत दिएका थिए । यसबाट उनले शाखालाई पारदर्सीता कायम गर्न सहयोग पुग्ने बिस्वास व्इक्त गरे । रासस