काठमाडौ । विश्वव्यापी महामारी कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३७ लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म ३७ लाख ११ हजार संक्रमित भएका अन्तराष्ट्रिय समाचार एजेन्सीले बताएका छन । यसमध्ये २ लाख ५७ हजारको मृत्यु भएको छ भने १२ लाख ३५ हजार उपचारपछि निको भएर घर फर्किएका छन ।
कोरोनाले सबैभन्दा धेरै अमेरिकामा १२ लाख ३० हजार संक्रमित छन भने साढे ७१ हजारको ज्यानै गएको छ । यस्तै स्पेनमा २ लाख ५० हजार संक्रमित हूँदा २५ हजारको मृत्यु भएको छ । इटालीमा २ लाख १३ हजार संक्रमित छन भने २९ हजारको मृत्यु भएको छ ।
बेलायतमा अहिलेसम्म १ लाख ९४ हजार संक्रमित छन । २९ हजार बढीको ज्यान गएको छ । यस्तै फ्रान्समा १ लाख २५ हजार संक्रमित हुँदा २५ हजारको मृत्यु भएको छ । यस्तै जर्मनीमा १ लाख ६६ हजार संक्रमित छन । अहिलेसम्म झण्डै ७ हजारको मृत्यु भएको छ ।
रुसमा एकैदिन १० हजार, ब्राजिलमा १ लाख नाघ्यो !
रुसमा एकैदिन १० हजार बढी नयाँ संक्रमित फेला परेका छन । पछिल्लो चौबिस घण्टामा रुसमा १० हजारमा संक्रमण पुष्टि हुँदा संक्रमितको संख्या १ लाख ५५ हजार नाघेको छ । रुसमा झण्डै १५ सय जनाले ज्यान गुमाएका छन ।
यस्तै टर्कीमा अहिलेसम्म १ लाख २९ हजार संक्रमित छन भने ३ हजार ५ सयको ज्यान गएको छ । ब्राजिलमा संक्रमितको संख्या १ लाख १० हजार पुग्दा ७ हजार ४ सयको ज्यान गएको छ । यस्तै इरानमा झण्डै १ लाख संक्रमित हूँदा ६ हजार ३ जनाको मृत्यु भएको छ ।
चीनमा ८२ हजार संक्रमित छन । ४ हजार बढीको मृत्यु भएको छ । क्यानडामा समान ४ हजारको ज्यान जाँदा ६२ हजार संक्रमित छन । यस्तै पेरुमा ५१ हजार र बेल्जियममा ५० हजार संक्रमित छन ।
भारतमा ५० हजार पुग्यो
दक्षिण एसियातर्फ भारतमा कोरोना संक्रमितको संख्या झण्डै ५० हजार पुगेको छ । अहिलेसम्म ४९ हजार ४ सय बढी संक्रमित हुँदा झण्डै १७ सयको मृत्यु भएको छ ।
भारतमा पछिल्लो चौबिस घण्टामा १ सय २७ जनाको मृत्यु भएको छ । झण्डै तीन हजार नयाँ संक्रमित फेला परेका छन । पछिल्लो समय भारतमा निकै तिब्र गतिमा कोरोना संक्रमण फैलिदा १४ हजार जना उपचारपछि निको भएर घर फर्किएका छन भने ३३ हजार बढीको उपचार चलिरहेको छ ।
भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा त्यसको प्रत्यक्ष असर नेपालमा पनि परिरहेको छ । भारतबाटै आएका मानिसहरुबाट उदयपुर र बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण फैलिएको छ । दुबै जिल्लामा अहिलेसम्म ६० जनाभन्दा बढी संक्रमित फेला परेका छन ।
नेपालमा अहिलेसम्म ८२ जनामा संक्रमण पुष्टि हुँदा २० जनालाई निको भएको छ । तर दुई जनामा फेरि संक्रमण पुष्टि भएको छ ।