जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले माग गरेको करार सेवाका नर्सिङ स्टाफमा आवेदन लिस्टमा नाम नभएका परिक्षार्थीको पहिलो लिस्टमा नाम निकालिएको भन्दै चर्को आलोचना भएको छ ।
गत साउन ३० गते गरिएको सार्वजनिक सुचनाका अनुसार प्रतिष्ठानमा २५ जना नर्स करार सेवामा माग गरिएको थियो । जसमा जम्मा १६३ जनाले आवेदन दिएका थिए ।
त्यस बाट पनी प्रतिष्ठानले सार्वजनिक गरेको आवेदन लिस्टमा सपना न्यौपाने नभएर सपना नेपाली भनेर नाम आएको पाइएको छ । यसरी लिखितमा नाम निकाल्न सफल परिक्षाथीको नाम लिस्टमा पनि उक्त नाम उल्लेख छैन । प्रष्ठिानले भाद्र २६ गते शनिबार लिखित परिक्षा लिएको थियो ।
प्रष्ठिानले यस पटक परिक्षा कोडिङ र डिकोडिङ सिस्टमबाट संञ्चालन गरेको थियो । प्रतिष्ठानले परिक्षा मर्यादित र चुस्तदुस्त बनाउनकै लागी कोडिङ सिस्टम लागु गरेको प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताए । उनले भने, कुनै पनी परिक्षार्थीले हामीले दिइएको परिक्षाको नतिजामा चित्त नबुझेको खण्डमा ४८अण्टा भित्र रिचेकको लागी निवेदन दिने ब्यवस्था गरेको थियौ ।
रजिस्ट्रार महतका अनुसार प्रतिष्ठाने ब्यवस्था गरेको निवेदन दिनेका आठ जना बिद्यार्थी रहेको बताए । उनले ८ जना मध्यमा एक सपना न्यौपाने रहेको बताए । उनले सपना न्यौपानेको परिक्षा पेपर रिचेक गर्दा उनको एक नम्बरमा नाम आउन सफल भएको बताए ।
उनले सदिक्षा रोकायाको र सपना न्यौपानेको चेकजाँच गर्दा डिकोडिङमा भुलबस त्रुटि दिएको स्वीकारे । रजिस्ट्रारले महतले सपना न्यौपानेले राम्रो बिद्यार्थी भएकाले उनलाई अन्याय नपार्नका लागी नतिजा पुन संसोधिन गरिएको हो ।
यसरी उनको मौखिक परिक्षा भाद्र २९ गते लिएर अन्तिम नामावलीमा उनको नाम पहिलो नम्बरमा समावेश गरिएको छ । त्यहाँ उनलाई एसएन ०५७ कोडिङ दिइएको छ जुन कोडिङ लिखित परिक्षामा सदिक्षा रोकायाको हो ।
आवेदकहरुको लिस्टमा सपना न्यौपाने नाम नै छैन भने, संसोधित नतिजामा उनले लिखितमा नाम निकालेको भन्दै उनलाई समावेश गरिएको पाइएको छ । जहाँ उनलाई एसएन ०३९ कोडिङ दिइएको छ ।
यसरी प्रदेशकै नमुना अस्पतालले एकातर्फ कोडिङमा गम्भीर भुल गरेको छ । भने, अर्कोतिर आवेदन नै नपरेको उम्मेद्धारले एक नम्बरमा नाम निकालिएको छ ।
यता रजिष्ट्रार महतले परीक्षा समितले कोडिङ र डिकोडिङमा नम्बरमा गल्ती गरेको बताए । उनले भने, ‘कुनै पनि नियत नभएर परीक्षा समितिको प्राविधिक गल्ती हो ।’ तर, जुम्ला बासीले प्रतिष्ठानका पदाधिकारीले आफ्ना मान्छे ल्याउनकै लागि यस्तो कार्य गरेको बताएका छन् ।
यस्तै सदिक्षा रोकायाका बुवा दलसिंह रोकायाले यसअघि पनि छोरी रोकायाले प्रतिष्ठानमै तीन पटक लिखित परीक्षामा नाम निकालेको बताए । उनले भने, ‘मौखिकमा छोरीलाई तीन पटक फालेका हुन् । प्रतिष्ठानका पदाधिकारीको मिलेमतोमा राजनीतिक भर्ती केन्दै बनाउँदै आएका छन् । हामी जस्ता पहुँचविहीनका छोराछोरीहरुको पढाइले महत्व पाउँदैन । ’
‘यदि प्रतिष्ठानले निष्पक्ष रुपमा हुन्थ्यिो भने, लोकसेवा आयोगलाई परीक्षा जिम्मेवारी दिन्थ्यो । महिनामा ५० हजारसम्म तलब खाने कर्मचारीको लागि लोक सेवा आयोगको प्रतिनिधिको उपस्थिती विनै परीक्षा लिने गरिन्छ । अनि पहुँचवाला कै भर्ती हुने गरेका छन्’ उनले थपे । यस विषयमा विभिन्न तरीकाले आलोचना भइरहेको छ ।
यता सपना न्यौपानेले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले माग गरेको करार सेवाका नर्सिङ स्टाफमा आवेदन दिएको बताइन् । उनले भनिन्, ‘आवेदन लिष्टमा मेरो नाममा सपना नेपाली भएको थियो । र, एसएन ०३९ थियो । प्रवेश पत्रमा सपना न्यौपाने नै भएकाले परीक्षा दिएको हुँ’
सपनाले यो विषयमा छलफल गर्दा आवेदन लिष्टमा सपना नेपाली भएपनि फरक नपर्ने परीक्षा समितिले भनेपछि परीक्षा दिएको बताइन् ।
‘महिले परिक्षा दिदा राम्रो गरेको थिए । तर पनि रिजल्टमा मेरो नाम आएन । परीक्षाको नतिजामा चित्त नबुझेपछि ४८ घण्टा भित्रै रचेकको लागि निवेदन दिए । अनि समितिले पुनः जाँच गर्ने बतायो’ उनले थपिन्, ‘मेरो निवेदनपछि पुनः प्रतिष्ठानले संसोधित गरेको सुचना जारी गर्यो । मेरो नाम पनि आएको थियो । मेरो बाग्मती प्रदेशमा अन्तर्वार्वा भएका कारण छिटो पुग्नुपर्ने थियो । सबै भन्दा अगाडी मौखिक परिक्षा दिएर आएकी हुँ । यसमा मेरो कुनै कमजोरी छैन । सत्य नबुझेर सामाजिक सञ्जालमा आवेदन लिष्टमा नाम नदिएकी परीक्षार्थी भनेर विरोध जनाइएको छ । ’