खलंगा : कर्णाली प्रदेश सरकारका निवर्तमान कानुन मन्त्री नरेश भण्डारी यतिबेला गृह जिल्ला जुम्लामा छन् । जुम्लामा उनले स्थानीयको गुनासो सुन्दै घरदैलोमा पुग्ने गरेका छन् । ‘जनताको दैलोमा पुग्नु हाम्रो दायित्व हो’ उनले भने, ‘समय सापेक्ष परिस्थिति अनुसार बदलियो जनताको गुनासोलाई सुन्न, सम्बोधन गर्दै मुलुकको विकास र समृद्धिको यात्रा आफ्नै ठाउँबाट सुरु गर्नुपर्छ भन्ने मान्यताका साथ माओवादी केन्द्रलाई आत्मसात् गर्दै दैलोमा पुगेको हुँ’ ।
भण्डारी बुधबार मात्रै सिंजा क्षेत्रमा पुगेका थिए । ‘आफ्नो गाउँ आफै विकास आफै गरौं भन्दै स्थानीयलाई भेटघाट गरिरहेका छन् । जनताका आवश्यक समस्यालाई बुझ्दै गएका छन् । भण्डारीले आगामी दिनमा जुम्लाको विकास कसरी गर्न सकिन्छ । कसरी विकासको यात्रालाई सुदृढ र प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा निरन्तर घरदैलोमै छलफल गर्दै स्थानीय आफ्ना नेता कार्यकर्ताहरुलाई भेटघाट गरिरहेका छन् ।
जुम्ली जनताको भरोसाका रुपमा समेत चिनिएका नेता भण्डारी स्थानीयका समस्यालाई समाधान गर्न पक्ष लाग्ने बताएको स्थानीय सिंजाका ललित रोकायाले बताए ।
बुधबार सिंजा गाउँपालिकाका भएको कार्यक्रममा सिंजाको शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी, सिंचाइ लगायतका आधारभुत आवश्यकतालाई मध्यनजर गर्ने निवर्तमान मन्त्री भण्डारीले बताएका थिए । सिंजा इतिहासदेखि वर्तमानसम्म नेपाली भाषा, सभ्यता र संस्कृतिको जननी थलोका बारेमा पनि बहस गर्ने बताए ।
सिंजामा खस संग्रहालय स्थापना गरिने
घरदैलो भेटघाट कार्यक्रममा सिंजामा खस संग्रहालय स्थापना गरिने बताए । उनले भने, ‘यो संग्रहालय पुर्ण गर्नका लागि एक पटक सरकारसँग कुरा राख्छौं । सिंजामा खस संग्रहालय स्थापना हुन्छ । यसले हाम्रो राजनीति, आर्थिक, सामाजिक र सांस्कृतिक चित्रण गर्नेछ ।’