मुगु : मुगुमा खाद्यान्न अभाव हुँदै गएको छ । दशैं नजिकिदै गर्दा मुगुमा खाद्यान्नको देखिएको हो । जिल्लामा भएका खाद्य संस्था, डिपोहरुमा खाद्यान्न कम हुँदै गएको छ । भने, बिक्री केन्द्रहरुमा खाद्यान्न रित्तिदै गएका छन् । योसँगै सदरमुकाम गमगढी बजारमा पनि खाद्यान्नको अभाव सुरु हुँदै गएको छ ।
मुगुका रहेका पुलु डिपो, सोरुकोट डिपो, श्रीकोट डिपो र रातापानी बिक्री केन्द्र, र कालै बिक्री केन्द्रहरुमा खाद्यान्न रित्तिएका छ । डिपो र बिक्री केन्द्रहरु रित्तिएसँगै पुर्तीका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले जनाएको छ ।
डिपोबाट वितरण भइरहेको चामल आज भोली सकिएको छ । शाखा कार्यालय गमगढी बजारमा अहिले ६ सय क्विन्टल चामल मौज्दात रहेको शाखा कार्यालय मुगुका सुचना अधिकारी पुस्कर भामले बताए । उनले भने, ‘जसमा ३ सय क्विन्टल मोटा र ३ सय क्विन्टल जापानी चामल रहेको छ ’ ।
डिपोहरुमा चामल सकिएपछि दिनौं शाखामा चामल लिनेको भीड लाग्ने गरेको भामले बताए । अहिले दैनिक रुपमा रुपमा एक सयदेखि २ सयसम्म सदरमुकाममा टाडाबाट चामल लिन आउने गरेका छन् । तैपनि कार्यलयले चामल पुर्याउन सकिरहेको छैन ।
खाद्य संस्थामा चामलको अभावपछि बजारमा महँगो मुल्यमा किनिरहेका छन् । पछिल्लो समय यहाँका स्थानीयले एक प्याक चामलको दुई हजारदेखि २५ सयसम्मको मुल्य तिर्दै आएको छायानाथ रारा नगरपालिका – १० का राजकली विकले बताइन् ।
सहुलियत मुल्यको चामल पाएनन
मुगुका स्थानीयले सहुलियत मुल्यको चामल पाएका छैनन् । सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैं तिहार जस्ता चाडपर्वको अवसर पारेर वितरण गर्दे आइरहेको सहुलियत मुल्यको चामल नपाएका हुन् ।
हाल ६ सय क्विन्टल मात्र चामल गोदाममा मौज्दात रहेको र अभावका कारण मुगाली जनतालाई दिन नसकेको खाद्या शाखाले जनाएको छ । यस्तो अवस्थामा चामल वितरण गर्न थालेपछि खाद्य शाखा नै रित्तो हुनेसुचना अधिकारी भामले बताए ।
खाद्य सुरक्षा समितिको निर्णय अनुसार मुगुमा सहुलियत मुल्यको चामल अहिले नै वितरण नगरेर असोज महिनाको १५ देखि २० गते भित्रको समयमा वितरण गर्ने कार्यालयले जानकारी दिएको छ ।