काठमाडौं : काउली अर्थात फुलकोबि । काउली धेरैलाई मन पर्ने तरकारी हो । तर ब्रोकाउली भने धेरैलाई मन पर्दैन । ब्रोकाउलीको तरकारी धेरैले रुचाउने पनि गर्छन् । ब्रोकाउली तरकारीको रुपमा मात्र नभई औषधिको रुपमा पनि उपयोग गर्ने गरिन्छ।
तर ब्रोकाललीको सेवनले शरिरमा राम्रो लाभ पुर्याउँछ । अझ महिलामा यसले धेरैमात्रामा लाभ गर्दछ । राम्रो खाना खायौं भने स्वस्थ हुन्छौँ, नराम्रो खाना खायौँ भने विभिन्न रोगको शिकार बन्न पुग्छौँ । खानेकुरा र स्वास्थ्य एक अर्काको परिपुरक हुन् । यी दुई एक अर्कासँग जोडिएको हुन्छ । स्वस्थ रहन खानपानमा बिशेष ध्यान दिनु जरुरी हुन्छ ।
प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, आइरन, भिटामिन ए, सी र अन्य पोषक तत्वहरु पाइने ब्रोकाउलीको तरकारी नियमित खाएमा मुटुसँग सम्बन्धित रोग न्युनिकरण हुन्छ ।
ब्रोकाउली खानुका फाइदा
प्रोटिनको राम्रो श्रोत
आधा क्यालोरीको साथ एक कप ब्रोकाउलीमा एक कप मकै वा चामल बराबरको प्रोटिन पाइन्छ।
रुघा खोकी
ब्रोकाउलीमा पाइने भिटामिन सी जसमा एन्टीअक्सीडेन्ट र एन्टी इन्फ्लामेटरी गुण पाइने गर्छ। जसले रुघा खोकीबाट बचाउने गर्दछ।
छालाको हेरचाह
ब्रोकाउली छालाको लागि निकै राम्रो मानिन्छ । ब्रोकाउलीको सेवनले छालाको क्यान्सरको खतरा कम गर्छ र विकिरणहरुको प्रभाव घटाउँछ जसले गर्दा छाला डढ्ने समस्या घट्छ । यसमा पाइने सल्फोराफेन नामकोे तत्वले ब्रोकाउली शरिरमा रगड्दा छालाको क्यान्सरको जोखिम कम गर्छ ।
मधुमेहबाट जोगाउँछ
ब्रोकाउलीको नियमित सेवनले मधुमेहबाट पनि बचाउँछ । ब्रोकाउलीमा पाइने एन्टिअक्सिडेन्ट तथा फाइबरले रगतमा चिनीको मात्रा उचित राख्न सहयोग गर्छ । जसकारण मधुमेहको खतरा कम हुन्छ । यसमा पाइने क्रोमियमले मधुमेह हुनबाट रोक्छ ।
आँखालाई फाइदा
ब्रोकाउलीको सेवनले मोटाइब्स र मांसपेशी अन्धोपन जस्ता समस्याहरुबाट जोगाउन सहयोग गर्छ । बेटा केराटाइन नामक पोषक तत्वले गर्दा आँखामा मोतिविन्दु र मस्कुलर डिजेनरेसन हुनबाट पनि रोक्छ ।
क्यान्सर रोकथाम
ब्रोकाउलीमा शक्तिशाली एन्टिअक्सीडन्ट र एन्टी कार्सिनोजेन तत्व पाइने भएकाले स्तन, ग्रीवा र प्रोस्टेट क्यान्सरको जोखिम कम गर्न मद्दत पुर्याउँदछ।
मुटु रोगीका लागि लाभदायक
ब्रोकाउलीमा पाइने क्यारोटीनोइड ल्युटिन, बी सिक्स, फोलेट र कम सुगरको मात्राले इन्सुलिनलाई नियन्त्रणमा राखी मुटु रोगको जोखिमबाट बच्न सकिन्छ।
यौन उर्जालाई बढाउने
शरीरको उच्चतम तौललाई घटाउनुका साथै यौन उर्जालाई पनि बढाउन मद्दत गर्दछ।