काठमाडौं : अदुवा स्वादिष्ट मसालाभित्र पर्छ। त्यसैले अदुवालाई विश्वभर मसलाको रुपमा प्रयोग गर्दै आएको पाइन्छ।औषधीय गुण भएको अदुवाको प्रयोगबाट स्वास्थ्यलाई लाभैलाभ हुन्छ।
अदुवालाई ताजा, सुकेको, धुलो वा जुस र तेल जुनसुकै रुपमा प्रयोग गर्न सकिन्छ । यसले पाचन शक्ति बढाउनुका साथै वाकवाकीलाई रोक्ने रुघाखोकी लाग्ने समस्याबाट बचाउँछ । अदुवालाई अंग्रेजीमा जीन्जर भनिन्छ । हाम्रो भान्छामा नछुट्ने र औषधीको गुण भएको अदुवाका फाईदाबारे पक्कै पनि थाहा पाउनुभएकै होला । अदुवाको प्रयोगबाट हाम्रो स्वास्थ्यमा धेरै फाइदाहरु पुग्छ ।
रुघाखोकी लाग्दा, दम र गहिरो खोकीमा , चिसोका कारण भएको बाथ र कम्मर दुखेमा, बान्ता भएमा , ज्वरो आएको बेला पेटमा ग्यास भरिएको अवसथमा सास गनाउने समस्या भएकोमा, भोक नलागेमा वा पेट सफा नभएमा अदुवाको प्रयोग गरिन्छ ।
दुखाई हटाउँछ
अदुवाकाे प्रयाेगले हड्डी तथा जाेर्नीहरुमा हुने दुखाइ पनि कम गर्छ । यसमा हुने तत्वले अर्थराइटिस अर्थात् बाथराेगहरुबाट पनि हामीलाई टाढा राख्न सहयाेग गर्छ ।
खाेकी कम लाग्छ
अदुवाले शरीरलाई बलियाे बनाउनुका साथै हामीलाई लाग्ने खाेकीबाट पनि छुट्कारा दिन्छ । सासप्रश्वासलाई राम्राे बनाउन पनि यसले सहयाेग गर्छ ।
वाकवाकी
वाकवाक लाग्ने समस्यामा अदुवा र महको मिश्रण प्रयोग गरे तुरुन्त आराम मिल्नेछ ।
श्वासप्रश्वासको समस्या
यस मिश्रणले रुघा, खोकी र श्वासप्रश्वाससँग जोडिएका धेरै समस्याहरुको समाधान गर्दछ ।
माइग्रेन
यो मिश्रणले टाउको दुखाई र माइग्रेनको समस्या कम गर्नुको साथै पिडा कम गर्दछ ।
महिनावारी
मह र अदुवाको मिश्रणले महिलालाई महिनावारीका क्रममा हुने पीडाबाट मुक्ति दिलाउँछ ।
पाचन प्रक्रिया
अदुवाकाे प्रयाेगले हाम्राे पाचन प्रक्रिया पनि बलियाे बन्छ । यसले हाम्राे ताैल घटाउन पनि सहयाेग गर्छ । अनि हामीलाई चुस्तदुरुस्त राख्न पनि सहयाेग गर्छ ।
क्यान्सर
यो मिश्रणले एन्टी अक्सिडेन्ट इन्जाइमलाई प्रेरित गर्ने भएकाले क्यान्सर सेल्स बन्नबाट रोक्छ । अर्थात अदुवा र महको मिश्रणले क्यान्सर रोगबाट बच्न मद्दत गर्दछ ।