सिमकोट: जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज उद्योगी व्यवसायीबिच भएको म्यूजिकल चियर प्रतियोगितामा कर्णाली प्रदेश सभा संसदीय दलका नेता शाही प्रथम भएका छन् ।
सातै संविधान दिवसको अवसरमा आयोजना भएको प्रतियोगिता पुर्व मन्त्री समेत रहेका नेता शाहीले प्रथम स्थान हुन सफल भएका हुन । सत्र जना भन्दा बढी सहभागी रहेको उक्त प्रतियोगितामा सबैलाई पन्छाउदै नेता शाही पहिलो स्थान हुन सफल भएका हुन । सातै संविधान दिवसका अवसरमा जिल्ला समन्वय समितिको हातमा आयोजना भएको सो प्रतियोगितामा निकै रमाइलोका बिच भएको थियो ।
प्रतियोगितामा नेता शाही प्रथम, सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामा र केही दिन अगाडी मात्र जिल्ला अधिबेशनबाट सर्बसम्मत चयन भएका राप्रपा अध्यक्ष बिकास महत तृतीय स्थान भएका हुन । सो प्रतियोगितामा जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावत, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बिजय भण्डारी, सोही पार्टीका जिल्ला अध्यक्ष लालकेश जैसी, एमालेका जिल्ला कमिटी सदस्य कमल बोहरा, महिला संघकी अध्यक्ष बिजय बोहरा, पत्रकार महासंघका उपाध्यक्ष राज बहादुर शाही, उद्योग बाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङ लगाएको सहभागिता रहेको थियो ।
त्यसैगरि दिवसकै अवसरमा आयोजितसोही प्रतियोगितामा कर्मचारीतर्फ जिल्ला प्रहरी कार्यालयका प्रेम बहादुर रोकाया प्रथम, हिल्दुम बितरण केन्द्रका तेजेन्द्र शाही द्धितीय र कृषि बिकास कार्यालयका निर्मल लामा तृतीय स्थान भएका थिए । बिजेता नेता शाही सहित छ जनालाई नगद एक हजार पाँच सय र प्रमाण पत्र प्रदान गरिएको थियो ।