गण्डकी: कलाकार पनि समाजभित्रकै अङ्ग हो, समाजमा घट्ने हरेक घटानक्रमले उसलाई प्रभावित बनाएको छ । पोखराका वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल छन् ।
कोरोना महामारीका कारण देशका हरेक सेवा, पेशा र व्यवसाय प्रभावित भए जस्तै कलाकर्मीका साधनालाई पनि त्यसले प्रत्यक्ष मारमा पारेको वात्स्यायनको अनुभव छ । समाजका विकृति विसङ्गतिलाई व्यङ्ग्यचित्रका माध्यमबाट आमपाठक माझ पुर्याउदै आउनुभएका वात्स्यायनले कोरोनाको अवधिमा आफूले खासै व्यङ्ग्यचित्र नकोरेको बताए । कोरोना कहरले समाजमा पारेको प्रभावसँगै कलाकर्मीको साधनालाई पनि प्रत्यक्ष प्रभावित बनाएको बताउँदै उनले महामारीकै कारण पत्रपत्रिकासमेत बन्द हुने तथा अत्यन्त असहज अवस्थामा चल्नुपर्ने बाध्यताका कारण व्यङ्ग्यचित्र लेखनमा खासै उत्साह नआएको उल्लेख गरे ।
आफूले स्वतन्त्ररुपमा व्यङ्ग्यचित्र कोर्दै आएको बताउँदै उनले यस्तो असहज अवस्थामा पत्रपत्रिकाका लागि पनि बोझ नथपियोस् भन्ने कुराले सोचनीय बनाएको बताए । कार्टुनकला क्षेत्रमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय ख्याती कमाउनुभएका वात्स्यायनका व्यङ्ग्यचित्रले समाजमा मात्रै नभइ राष्ट्रिय राजनीतिलाई समेत तरङ्गित बनाउने गरेको छ । अर्का वरिष्ठ कलाकार बुद्धि गुरुङ पनि कोरोना कहरका कारण कलाका साधक अत्यन्त मर्कामा परेको धारणा राखे । उनले कोरोना महामारीले समाजमा पारिहेको नकारात्मक प्रभावसँगै कला सिर्जना पनि प्रत्यक्ष प्रभावित भएको बताए ।महामारीले जताततै पारेको निराशाले कला साधकलाई पनि जाँगर चलेको छैन।
कोरोना कहरका बीचमा गत वर्ष जेनतेन चित्र तयार गरेको थिएँ, अहिले भने जम्मा ६÷७ वटा मात्रै तयार भएका छन् ।” कलाकारले तयार गरेका चित्र अधिकांशतः विदेशी पर्यटकले किनिदिने गरेको र लामो समयदेखि उनीहरूको आगमन नभएका कारण तयार भएका सामग्री पनि थन्क्याएर राख्नुपर्ने बाध्यता रहेको उनको दुःखेसो छ । कोरोना महामारीले संस्थागत रुपमा समेत गरिने काम प्रभावित बनाएको बताउँदै ललितकला प्रज्ञा प्रतिष्ठान, प्राज्ञ परिषद् सदस्यसमेत रहेका गुरुङले प्रतिष्ठानका गतिविधिलाई समेत महामारीले प्रभाव पारेको बताए । प्रतिष्ठानबाट यसबीचमा केही महत्वपूर्ण पुस्तक भने तयार भएको उनको भनाइ छ ।
अर्का वरिष्ठ कलाकर्मी क्षेत्रलाल कायस्थ कोरोना कहरका बीचमा पनि आफ्ना साधनलाई भने निरन्तरता दिएको बताए । महामारी अघिको जस्तो सहज अवस्था नरहे पनि कोरोना कहरमा आफूले सेतो सिमेन्टको प्रयोगबाट १८ इन्च र २० इन्च उचाइका दुईवटा बुद्धको मूर्ति तयार गरेको जानकारी दिए । त्यस्तै सिमेन्ट र छडको प्रयोगबाट दुईवटा अमूर्त कला तयार गरेको उहाँले जानकारी दिए ।कोरोना महामारीले सबै क्षेत्रमा प्रभाव पारेका अवस्थामा कला साधनामा पनि केही न केही प्रभाव त पर्यो ।
त्यसका बाबजुद कला साधनामा लागिरहेका कारण बन्दाबन्दी र यसबीचको अवधि खासै पट्यार लाग्दो भने भएन ।” समयको सदुपयोग गर्दै कलाकार कायस्थले यसबीचमा आफ्नो कलासम्बन्धी जीवनयात्राको लेखन सम्पन्न गरेको जानकारी दिए । झण्डै ८०÷९० पृष्ठको जीवनयात्रा चाँडै नै सार्वजनिक गर्ने उनको भनाइ छ । रासस