काठमाडौं : चर्चित स्टार नायक भुवन केसी र शिव श्रेष्ठलाई नेपाली चलचित्र हेर्ने जोकोहीको लागि सु-परिचित नाम हो। दुई सुपरस्टारलाई एकै पर्दामा धेरै बर्षकोको अन्तरालमा देखिन पाहिएको छ । चलचित्रमा एक साथकाम गरे पनि भिडियोमा उनीहरुको पहिलो नै हो । उनीहरु अहिले पनि युवक जस्तै देखिन्छन । भिडियोमा स्टाइलिश देखिएका छन् ।
निर्देशक शोभित बस्नेतको निर्देशित चलचित्र ‘डाँडाको वरपीपल’ को दोस्रो गीत ‘काटी दिउला जुँगा’ सार्वजनिक भएको छ । गीत कै रोमान्चक देखिएको छ । उक्त गीतमा दिग्गज कलाकारदेखि नयाँ कलाकारको अभिनय देख्न सकिन्छ । नायक भुवन र शिवसंगै चर्चित नायिका गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापाललगायत कलाकारको अभिनय देख्न ।
गीतमा स्वर्गीय खेमराज गुरुङ र गायिका रिमा गुरुङ होडाको स्वर रहेको छ । उमंग लामा र केशव चौलागाईंको शब्द रचना, उमंग लामाको संगीत रहेको छ ।
चलचित्रमा अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको पनि अभिनय छ ।
उक्त चलचत्र आगामी असोज २६ गते (घटस्थापना) दिन रिलिज हुने भएको छ ।