काठमाडौं : विश्वको सर्वोच्च शिखर सगरमाथाको बेस क्याम्पमा फेसन शो आयोजना गरिने भएको छ ।
फेसन शोमा नेदरल्याण्डी राजकुमारी र इटालीका राजकुमार सहभागी हुने भएका छन्। बेसक्याम्पमा बिहीबार हुने फेशन सो हिमालको संरक्षण गर्ने विषयमा तथा जैविक संरक्षण गर्न विश्वको ध्यानाकर्षण गर्ने उद्देश्यले फेसन शो आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
'फेसन शो' मा विश्वका १३ देशका अन्तर्राष्ट्रिय मोडलहरूले सहभागी जनाउने छन् । इटाली, डेनमार्क, बेलायत, पोल्याण्ड, रसिया, नेदरल्याण्ड, नेपाल र फिनल्याण्डका मोडल सहभागी हुने भएका छन् । सोही फेसन शो मा क्याप्टेन विजय लामाले वार्क र्याम्प गर्ने भएका छन् ।
मौसम परिवर्तन विश्वव्यापी समस्याका रूपमा, सम्पूर्ण मानवताकै लागि खतराका रूपमा देखिएको वेला सचेतना बढाउन फेसन शोको आयोजना गर्न लागिएको हो। कोभिड–१९ को महामारीले पर्यटन क्षेत्रमा परेको असरलाई फेसन शोले पर्यटक आगमनमा थप प्रोत्साहन गर्ने आयोजकले विश्वास गरेको छ। नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा हुन लागेको कार्यक्रम कासा बुटिक डिजाइन, आरबी डायमन्ड र के फिल्मसले आयोजना गर्न लागेका हुन्।
कासा बुटिक डिजाइन, आरबी डायमण्ड र के फिल्म्सले फेसन शोको आयोजना गरेको हो । सहयोगी संस्थाहरू नेपाल पर्यटन बोर्ड, स्टार अस्पताल, ग्लोबल आइएइ बैंक, चिभास, द सोल्टी काठमाडौँ र इन्टरनेशनल सेरीकल्चर कमिसन लगायतका अन्य संस्था छन् ।