एजेन्सी : संसारभरी नै बलात्कारका घटना बढिरहेको समयमा बलात्कारबाट बच्नको लागि आफ्नो सुरक्षाको लागि महिलाले के गर्ने भन्ने बारेमा नयाँ नयाँ किसिमका विपल्पहरुको बारेमा पनि सोचिरहेका छन् । त्यस्तै हाम्री छिमेकि देश भारतमा एक युवतीले बलात्कारबाट बच्नको लागि नयाँखालको पेन्टीको आविष्कार गरेको जनाईएको छ ।
भारतको उत्तर प्रदेश घर भएकी १९ वर्षीया सिनु कुमारीले ‘रेप प्रुफ पेन्टी’को आविष्कार गरेको खवरले अहिले उनि चर्चामा रहेकि छन । पेषाले बीएस्सीकी छात्रा रहेकि उनले आफ्नै समाजमा बलत्कारका घटना बढदै गएको खवरले यस्तो खालको पेन्टीको आविश्कार गर्न सफल भएको जानकारी गराईन ।
यो आम पेन्टीभन्दा फरक छ । जहाँ विद्युतीय सामग्री र प्रविधिको प्रयोग गरिएको छ । पेन्टीमा स्मार्ट लक लगाइएको छ, जुन पासवर्डले मात्र खुल्नेछ । त्यस्तै, पेन्टीमा जीपीआरएस प्रविधि जोडिएको छ । जसको मद्दतबाट महिलाको उपस्थिति कहाँ छ भन्ने पत्ता लाग्नेछ । त्यस्तै, पेन्टीमा जडित रेकर्डरले घटनास्थल वरिपरिको आवाजहरूलाई रेकर्ड समेत गर्नेछ ।
उत्तरप्रदेशको फरुर्खाबाद जिल्लाको एक साधारण परिवारकी सिनुले दिनहुँ घट्ने बलात्कारका घटनाबाट आजित भएर यस्तो पेन्टी बनाएको बताए । ‘म दिनहुँ घट्ने बलात्कारका घटनाबाट दुःखी थिएँ, एक दिन वर्षीया बालिकाको बलात्कारपछि गला दबाएर हत्या गरिएको समाचार पढें,’ उनले भनिन्, ‘त्यसपछि नै मैले बलात्कार नियन्त्रणका लागि केही गर्नुपर्छ भन्ने लागेको थियो ।’
उनले बलात्कारबाट बचाउने पेन्टी आविष्कार गर्ने योजनाअनुसार पेन्टी बनाएको बताइन् । ‘एक महिनाको मिहेनतपछि मैले यो पेन्टी तयार पारेकी हुँ,’ उनले अगाडि भनिन् ।
उनले बनाएको पेन्टी ब्लेट फ्रुफ कपडाबाट बनाइएको छ । जसलाई चक्कु वा ब्लेटले काट्न नसकिने तथा न कि यो कपडा जलाउन सकिने बताईएको छ ।पेन्टीमा एउटा बिशेष प्रकारको बटन लगाइएको छ जसलाई दबाउनासाथ १०० वा १०९० नं। मा स्वचालित रूपमा फोन जानसक्ने प्रविधीको प्रयोग गरिएको छ ।