खलंगा : जुम्लाका १८ वर्ष भन्दामाथिका ४१ हजार नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । यहीं असोज ९ गतेदेखि जुम्लामा १८ वर्षमाथिका ४१ हजार ६ सय ७६ जनालाई तत्काल कोरोनाको खोप लगाइने भएको हो ।
जुम्लाको कुल जनसंख्याको ३३ प्रतिशतलाई खोप लगाउने सरकारको निर्देशन अनुसार १८ वर्षमाथिका ४१ हजार बढीलाई खोप लगाउने तयारी भएको जनस्वास्थ्य सेवा कार्यालयका जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । उनका अनुसार पहिलो खोप लगाएका लाई दोस्रो डोज र खोपनै नलगाएकालाई पहिलो डोज लगाइने छ ।
आवश्यकताका आधारमा स्वास्थ्यकर्मी, स्वयंसेविका, शिक्षक युवालाई परिचालन गरिने छ । खोप अभियान जुम्लामा असोज ९ गतेबाट सुरु हुने भएको छ । यहाँका ८ वटा स्थानीय तहमा दुई चरणमा खोप लगाइने भएको हो । भने, तालिम प्राप्त स्वास्थ्यकर्मीसहित जुम्लामा ५ सय ४७ जना स्वयंसेविका परिचालन हुनेछन् । प्रत्येक पालिकामा खोप केन्द्र राखिने भएको हो ।
खलंगामा बस्नेको हकमा प्रतिष्ठानलाई खोप केन्द्र तोकिने भएको छ । १८ वर्षमाथिका सबैले खोप लगाउने भएकोले कोही नछुटुन कोही नदोहोरिन भन्नका लागि प्रचार प्रचारमा जोड दिन जरुरी रहेको जनाइएको छ । जिल्ला भरीका कर्णाली प्रतिष्ठान र ३० स्वास्थ्य चौकीसहित ३२ खोप केन्द्रबाट खोप दिइने भएको छ । प्रत्येक पालिकाको एक स्वास्थ्य चौकीलाई व्यवस्थापन केन्द्रका रुपमा तोकिने जनाइएको छ ।
हाल जुम्लामा ४१ हजार ७ सय ४० डोज खोप आइपुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोपको उचित भण्डारण गरिएको छ । भ्याक्सिन लगाउँदैमा कोरोना नलाग्ने भन्ने नरहेको तर, रोग रोग प्रतिरोधात्मक क्षमता बढाउन खोप अनिवार्य भएको चिकित्सकले बताएका छन् ।
जुम्लामा २४ हजार ६ सय ४८ जनाले यस अघि खोप लगाएका छन् । भने, १९ हजार ८ सय ४७ जनालाई पुर्ण खोप अर्थात् दोस्रो खोप समेत लगाइसकेका छन्
। प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले सबै नागरिकलाई खोपको पहुँचमा पुर्याउने सरकारको लक्ष्य सफल पार्न सबै नागरिकलाई खोप लगाउन आग्रह गरिन् ।
१८ वर्ष माथिका सबै नागरिक खोपको पहुँचमा आउने गरि तयारी व्यापक गर्न समेत प्रअिज प्रसाईको अनुरोध छ । जिल्ला प्रशासन कार्यालयमा छलफल राखेर कोेरोनाको खोप जुम्लाका सबै नागरिकलाई अनिवार्य लगाउने भन्ने भन्ने बिषयमा खोप समितिले निणर्य समेत गर्ने गरेको छ ।