दैलेख : राष्ट्रिय जनमोर्चा दैलेखको अध्यक्षमा भीम सिंह विष्ट चयन भएका छन् । राष्ट्रिय जनमोर्चा दैलेखको जिल्ला समितिले नेकपा एमालेमा विलीन भएको घोषाणा गरेपछि बुधबार दैलेख बजारमा सम्पन्न भएको पाँचौ जिल्ला भेलाले विष्टको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा लोकपाल थापा, सचिवमा कृष्ण केसी, सहसचिवमा नरबहादुर सिंह र कोषाध्यक्षमा नन्दा आचार्यलाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा शेरबहादुर सिंह, जनक मल्ल, धुमबहादुर विष्ट, जनक रेग्मी, हर्क रेग्मी, जोरासिंह थापा, खगेन्द्र खत्री, भरत थापा, दीपक थापा, मानबहनदुर चन्द, कमल बरै, तुलाराम विष्ट, रमा थापा, निशा कठायत, लालबहादुर थापा र खगेन्द्र खत्री लाइ चयन गरेको अध्यक्ष बिष्टले बताए । त्यसैगरी भेलाले सल्लाहकारमा भक्तबहादुर विक, विष्णु शर्मा, प्रेमप्रसाद शर्मा र जगतप्रसाद रेग्मीलाई चयन गरेको छ ।