दैलेख : सेवा प्रवाह प्रभावकारी र स्तरीय बनाउन नारायण नगरपालिकामा स्थानीय नागरिकले वडाका गतिविधिमाथि निगरानी राख्न थालेका छन् । दैलेखमा राजनितिक दल, पत्रकार, स्थानीय नागरिक समाजले कृषि स्वास्थ, शिक्षा क्षेत्रका गतिविधिमाथि निगरानी राख्न थालेका हुन् ।
सुन्दर नेपाल संस्था पारस्परिक जवाफदेहीता परियोजनाले दैलेखमा आयोजना गरेको कार्यक्रममा उक्त विषयमा छलफल गरिएको थियो । उक्त क्षेत्रमा भए गरेका गतिविधिका बारेमा समेत सहभागीले देखेका,भोगेका सुनेका कुरा समेत राखिएको थियो ।
छलफल कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ दैलेखका अध्यक्ष महारुप खत्रीले कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा प्रयाप्त जनशक्ति अभाव भएको र सेवा प्रभावकारी नदेखिएको गुनासो गरे । जुन क्षेत्र बढी नागरिक मुखी छ, त्यहीँ क्षेत्रको सेवा सुविधामा ढिला भएको देखिन्छ, विगतदेखि सेवाप्रवाह अपेक्षा अनुरूप नभएकोले जनगुनासो बढ्दै गएको हो ।
खत्रिले भने शिक्षकको क्षमता विकास कार्यक्रम दिगो तथा गुणात्मक विकासका लागि स्थानीयस्तरमा सहकार्य गरेर बढ्न आग्रह गर्दै शिक्षा क्षेत्र ,स्वास्थ क्षेत्रमा धेरै समस्या हुने भएकोले सुधार गर्न जरुरी देखिएको बताए ।
नागरिक सेवा निगरानीका लागि विभिन्न निकायबाट समेत निगरानी भइरहेका शिक्षक कृष्र्ण थापाले जानकारी दिए । शिक्षा स्वास्थ्य क्षेत्रमा भएको समस्या लागि हामीले पटकपटक सम्बन्धित निकाय, स्थानीय सरकारलाई जानकारी दिएको सुनुवाइ भएको छैन, शिक्षक थापाले गुनासो गरे । कार्यक्रममा समाजसेवि, राजनितिक दल, पत्रकार ,नागरिक समाजले सेवा प्रभाह गर्ने सम्पूर्ण निकायको सुझबुझका साथ निगरानी गर्न सुझाव दिएका थिए ।