एजेन्सी : मृर्गौला रोगबाट ग्रस्त आफ्नी प्रेमिकालाई आफ्नो मृर्गौला दिएर बचाएका एक प्रेमि अहिले प्रेमिकाले विहेको प्रस्ताव स्विकार नगरेको भन्दै समाजिक सञ्जामा आएका छन् । घटना लण्डनको हो ।
मिर्गौला दिएर मृत्युको मुखबाट त बचाए । तर मिर्गौला प्रत्यारोपणको सफल शल्यक्रियापछि प्रेमिले राखेको विहेको प्रस्ताव ठाडै अस्विकार गर्दा के गर्ने, के नगर्ने भएको भन्दै उनले समाजिक सञ्जालमा आफ्नो भावना पोखिरहेका छन् ।
४९ वर्षीय सिमोन लुइसले आफ्नी ४१ वर्षिया प्रेमिका मेरी इम्मानुएललाई मिर्गौला दिएका थिए ।सिमोन र मेरी बिच दुई दशकभन्दा बढी समयदेखिको माया प्रेम रहदै आएको उनले खुलाएका छन् । सन् १९९४–९५ को आसपास पहिलोपटक भेटेका सिमोन र मेरीले पहिलो भेटमै चुम्बन पनि गरेका थिए । त्यसका बाबजुद उनीहरू त्यसयता साथी मात्र रहे । तर, सिमोन भने त्यहीबेलादेखि मेरीलाई मनपराउन थालिसकेका थिए ।
स्टक ब्रोकर सेक्रेटरीका रूपमा कार्यरत मेरी आफ्ना छोरा ड्वेनको हेरचाहमै व्यस्त हुन्थिन् । आफ्ना भाइसँग मिलेर सांगीतिक कार्यक्रमको व्यवस्थापन सम्हाल्ने सिमोनले भने त्यो चुम्बन र मेरीलाई बिर्सिन सकेका थिएनन् । आफुले मन पराई सकेकी मरीले भने उनलाई आफ्नो असल साथीको रुपमा मात्रै सम्झदै आएको बताएपछि उनी अहिले छाँगाबाट खसे जस्तै भएका छन् ।

२०१४ मा मेरीलाई मिर्गौला सम्बन्धी रोगबाट ग्रस्त रहेको पक्ता लागेपछि त्यसपछिका दिन मेरीले तनावमा विताईन । उनको रोग निको बनाउन मिर्गौला प्रत्यारोपण नै अन्तिम विकल्प रहेको डक्टरले बताएपछि मेरीलाई झन तनाव भयो ।