जाजरकोट : नामको हिसावले जाजरकोटको जिल्ला अस्पताल ५० शय्या हो । छिमेकी जिल्लामा १५ शय्याको अस्पताल हुँदै गर्दा जाजरकोटमा भने ५० शय्याको अस्पताल हुनु गर्वकै कुरा हो ।
अन्य जिल्ला भन्दा चिकित्सक संख्या झण्डै दोब्बर भन्दा बढी छ । अहिले अस्पतालमा एमडीसहित १० जना चिकित्सकहरु कार्यरत रहदै आएका छन् । १० जना चिकित्सकको पालो हप्तामा १ पटक आउने गर्दछ । पटक, पटकका विभिन्न रोगबाट ग्रसित जाजरकोटमा सो समस्या हल गर्न जाजरकोटमा ५० शय्याको अस्पताल बनाउनुका साथै सबैको आशा र भरोसाको केन्द्रविन्दुको रुपमा लिन खोजेपनि दैनिक भरोसा गुम्दै गएको छ ।
भरोसा गुम्दै जाँदा अस्पतालको साख कसरी उठाउने र सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने भन्नेमा ध्यान जानुका साटो राजनीति गर्ने थलो बन्दा समस्या आएको चिकित्सक भुपेन्द्र मल्लले बताए । उनले भने, ‘आएको बजेटबाट समयमा काम हुँदैन, अधिकांश बजेट फ्रिज भएर जान्छ ? सबैले आफ्ना मान्छे भर्ती गर्न खोज्छन्, सुधार गर्न खोज्दा झनै समस्या पार्छन् ’ विशेषज्ञ चिकित्सकसहित जिल्लामा सबै खालका उपचार सेवा पाउने मापदण्ड ५० शय्याको अस्पतालको नम्स हो । नम्स मात्र भएर के गर्नु , दैनिक विरामी भएर उपचारका लागि जाने सर्वसाधारणहरु पीडा मात्र पोख्छन् अर्का भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियर टकेन्द्र रोकायले भने, ‘व्यवस्थापन गतिलो नहुँदा उपचार भन्दा सास्ती धेरै भएको छ , छिमेकी जिल्लाको निजी स्तरको चौरजहारी अस्पतालमा गएर उपचार गर्नुपर्छ ।’
स्वास्थ्य सेवा कार्यालय र जिल्ला अस्पताल एकै व्यवस्थापनले काम गर्दा एकले अर्कोलाइ नपत्याउदा टक्राब बढेकोले उपचारदेखि अन्य काममा समेत बाधा पुग्दै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मसिला बस्नेत बताउँछिन् । उनले भनिन् , ‘मैले सुधार गर्नका लागि धेरै काम गरे तर, कर्मचारीले नै बढी राजनीति गर्न खोज्दा सधैं बाधा उत्पन्न भइरह्यो, चिकित्सकले स्वास्थ्य सेवा कार्यालयलाइ नटेर्ने, स्वास्थ्य सेवा कार्यालयले अस्पताललार्इ हातमा लिएर काम गर्न नसक्ने भएकाले समस्या हुँदै गएको छ ।”
‘कुनै काम गरेकी पैसा कहाँबाट आउँछ भन्ने, चेतनाबाट अगाडी बढ्दा स्वास्थ्य सेवा कार्यालयको प्रगति हुन नसकेको अर्को कारण रहेको उनले थपिन्, ‘विकृति र विसंगतिको कुरा उठाएर सुधार गर्न खोज्दा फरक आस्था भएकै कारण असहयोग गरे भन्दै कर्मचारी नै उफ्रिन्छन् यहाँ काम गर्न सजिलो छैन । ’
अहिले ५० शय्याको नयाँ भवन निर्माण कार्य जारी रहेको छ । ३२ महिनामा निर्माण कार्य सम्पन्न गर्नका लागि भवनको काम जारी रहेको छ । ब्लड बैंकको लागि आएको सामग्री प्रयोगमा नआउदा बन्द कोठा भित्र थक्याइएको छ ।
एचडी सेवा सञ्चालनका लागि ल्याइएका अधिकांश सामग्रीहरु बन्द कोठामा राखिएका छन् । विरामी भर्ना गर्ने तर उपचारका लागि बाहिर जिल्लामा सिफारिस मात्र गर्ने थलो भएको स्वास्थ्य सेवा कार्यालयलाइ आरोप लाग्दै आएको छ । हप्ता दिन अघि मात्र ३० लाख आइरन चक्की कानुनी प्रक्रिया पुरा नै नगरी स्वास्थ्य सेवा कार्यालयले रातारात जलाएको थियो ।
अघिल्लो दुई महिना अघि सो आइरन चक्की पालिकाले माग गर्दा उपलब्ध नगराएको स्वास्थ्य सेवा कार्यालयले हप्ता दिन अघि रातारात ३० लाख आइरन चक्की म्याद गुजारेर जलाउदा स्थानीय तहका स्वास्थ्य शाखाहरु आक्रोषित भएका छन् । त्यस्तै प्रसती गृहका लागि गत चैतमा आएको सामग्री अहिले सम्मा स्थानीय तहमा नपुर्याउदा काम गर्न गाह्रो भएको भन्दै स्वास्थ्य सेवा कार्यालयको काम गर्ने कार्यशैली प्रति तिव्र विरोध हुँदै आएको छ ।
भेरी नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक दिपक ओलीले भने, ‘बर्थिङ सेन्टरमा चाहिने सामग्री उपलब्ध गराउन धेरै पटक माग गरेपनि बन्द कोठामा चैतदेखि स्टोरी गरी राखिएको छ , हामीलाई दिइदैन । ’ स्वास्थ्य सेवा कार्यालय भित्र विवाद भएमा पनि त्यो चेपुवामा हामीलाइ पर्न नहुने हो उनले थपे, ‘सधै गुनासा मात्र आउछन् , खासका के भएको हो ? यस्तो अचम्म पो छ । ’
यता स्वास्थ्य सेवा कार्यालयका निर्मित प्रमुख टिकाराम जैसी आफूलाइ काम गर्न असहयोग भएको बताए । काम गर्ने वातावरण नै छैन , कसको चित्त बुझाइ सक्ने म त हैरान भए, उनले बताए । उता चिकित्सकहरु नाच्न नजान्नेको आँगन टेडो भएको जस्ता प्रतिक्रिया दिदै आएका छन् ।
नाम नबताउने सर्तमा एक चिकित्सले भने, ‘हामीले कामको सहजताको लागि जति पटक आग्रह गरेपनि हाकिम साब तयार हुनुभएन, कोभिडको भत्ता हामीलाई भन्दा पनि निजामती तर्फका कर्मचारीलाइ विवतरण गरिएको छ । फिल्डमा ज्यान फालेर हामी उपचारमा खटिने तर भत्ता चाहिँ निजामतीलाई दिने यो कस्तो तरिका हो ? । ’ राससकर्मीको सहयोगमा