सिमकोट : सरकारले वर्षेनी बजेट भाषणमा हुम्लाको सदरमुकाम सिमकोटलाई सडक सञ्जालसँग जोड्ने लक्ष्य पुरा हुने चरण आएको छ । कर्णाली करिडोरको हुम्ला जिल्लामा पर्ने असजिलो भाग दुल्ली कुनादेखि लालीबगरसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएपछि यो अवस्था आएको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं हुम्ला जिल्ला इन्चार्ज बिजय भण्डारीले पछिल्लो सरकारको निर्णयले बल्ल सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिने अवस्था आएको बताए । दश वर्षदेखि नेपाल सरकारले वर्षेनी रुपमा लक्ष्य सडक जोड्ने कुरा भाषणमा सिमित हुँदै आएकोमा त्यसले पछिल्लो सरकारको निर्णयले कार्यान्वयन चरणमा पुगेको जानकारी दिए ।
यसअघि हुम्लामा सासद, राजनीति दल लगाएतले जिल्ला भित्र पर्ने असजिला खण्डको कामको जिम्मा सेनालाई दिन माग गर्ने गरेको भएपनि त्यो पुरा नहुँदा सडक पुग्न नसकेको उनले बताए ।
विकास समिति, मन्त्रीसँग माग र ज्ञापन पत्र बुझाएको सम्झना गर्दै उनले भने, ‘अहिलेको सरकारले जे गरेको छ, त्यो स्वाग योग्य काम गरेको छ ’ । काम कसले गरे र बजेट कति खर्च भयो भन्दा पनि हुम्ली जनतालाई सडक चाहिएको र त्यो सेनाबाट पुरा हुने कुरा हुम्लाकै कवाडीदेखि सलीसल्लासम्मका ३८ दशमलव ४ किलोमिटर सडक निर्माण गरेर हस्तान्तरण गरेको कामले पनि सेना प्रति जनताको विश्वास जागेको उनले बताए ।
उक्त खण्डमा हाल पनि हिल्सा सिमकोट सडक आयोजनाले काम निर्माण कम्पनीबाट गरि रहेको भएपनि त्यसले गति लिन सकेको छैन । यसबाट पनि जनतामा सेनाको काम प्रति विश्वास जागेको हो । सो काम अहिलेकै गतिबाट चालु रहेको भए पाँच वर्षमा पनि सडक आउने कुरामा जनतामा विश्वास देखिएको थिएन ।
कर्णाली करिडोरको हालसम्म काम नै सुरु नभएको कर्णाली करिडोरको दुल्ली कुनाबाट लाली बगरसम्मको छारे खण्डको चट्टानी भीर सेनालाई सरकारले काम गर्ने जिम्मा लगाउँदा खुसी भएका छन् । सरकारले दुल्ली कुनाबाट भने पनि अहिले आयोजनाले गिउसीसम्म सडक निर्माण गरि सकेको छ । यसले सेनाले निर्माण गर्ने सडकको दुरी कम हुनेछ ।
अर्को कुराले नै काम गर्नु पर्छ भन्ने हुम्लावासीको माग रहनुमा सेनाले काम गर्दा सम्पुर्ण तयारीका साथ गर्ने गर्छ । तर निर्माण कम्पनीले काम गर्दा बिष्फोट गर्नुपर्ने बेला सेनाको उपस्थिती र सहमतिमा मात्र गर्न पाउछन् । जब कि बिष्फोटक पदार्थ आयोजनाले लिन महिनौ प्रकिृयामा जानु पर्ने बाध्यता रहेको छ ।
नेपाली सेनाले सरकारले निर्णय गरेको र अब सेवा सडक विभागको पत्रको प्रतिक्षामा रहेको जनाएको छ । सडक विभागबाट काम जिम्माको परिपत्र आउने वित्तिक्कै काम सुरु गर्ने सेनाको तयारी छ । हुम्ला खण्डको सलीसल्ला देखि गिउसीसम्मको १२ किलो मिटर सडकको हिल्सा सिमकोट सडक आयोजनाले ट्याक खुलाउने कार्य पुरा गरि सकेको योजना प्रमुख बिसनदास लामाले जानकारी दिए ।
गिउसीबाट लालीबगरसम्मको ११ किलो मिटर सडकमा सात किलो मिटर सेना र बाँकी आयोजनाले गर्ने छ । जुन स्थानमा सडक निर्माण कार्य भई रहेको छ । यता लालीवगरदेखि खार्पुसम्मको १२ किलो मिटर सडकको पनि ट्रयाक खोल्ने कार्य पुरा भएको छ ।
२०७० सालदेखि निर्माण कार्य गरि रहेको सेनाले सो सडकको निर्माण कार्य सम्पन्न भएपछि गत असार ३१ गते सडक विभाग अन्तर्गतको हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गर्ने कार्य गरिसकेको छ । नाले सो खण्डको कालिकोटको खुलालु हुँदै हुम्ला जिल्लाका सलीसल्लासम्मको १२२ दशमलव ७५ किलोमिटर सडकको निर्माण कार्य पुरा गरेको थियो ।
निमार्ण भएको कुल सडक मध्य हुम्ला खण्डमा ३८ दशमलव चार किलोमिटर निर्माण भएको सडक पर्छ । हुम्ला खण्डमा २०७३ चैत्र ९ गतेबाट सालमा निर्माण कार्य सुरु गरेको थियो । सो खण्डमा सेनाले हाल पहिरो पन्छाउने र भत्केका गाह्रो लगाउने र मर्मत गर्ने कार्य गरि रहेको छ ।