मुगु : पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिभावकत्व लिएका मुगूम कार्मारोङ गाउँपालिका–८ मांग्रिकी ठिल्ले साङमु लामालाई शैक्षिक सामग्रीको अभाव भएको छ । शैक्षिक सत्र सुरु भएको ३ महिला भयो, हालसम्म कुनै पनि निकायबाट उनलाई सहयोग भएको छैन ।
यसको एक वर्ष अगाडी निवर्तमान प्रधानमन्त्री केपी ओलीले एक पटक मात्र २० हजार रुपैयाँ पठाएको उनले बताए । पछि छोरीलाई कुनै पनि सहयोग नभएको आमा छिचु लामाले बताइन् ।
कोरोना महामारीका कारण बन्द रहेका विद्यालय बन्द थिए । विद्यालय पनि खुल्दै गएका छन् । विद्यालय खुलेपनि लामालाई शैक्षिक सामग्री अभावका कारण विद्यालय जान पाएकी छैनन । लामालाई विद्यालय जान आवश्यक पर्ने शैक्षिक सामग्री कापी, कलम, झोला विद्यालय पोसाक लगायत अभाव भएको वुद्ध मावि मांग्रीका प्रधानाध्यापक टिका प्रसाद उपाध्यायले बताए ।
कर्णाली रारा पर्यटन वर्ष २०७५ मा निवर्तमान प्रधानमन्त्री ओलीले रारा तालको किनारमा पुगेर लामालाई अभिभावकत्व ग्रहण गरेका थिए । लामा अहिले वुद्ध माविमा कक्षा ५ मा अध्ययनरत छन् । उनी पठनपाठनका सामग्री लगायत अन्य सामग्री अभाव हुँदा कहिले काहिँ मात्रै आउने गरेको विद्यालयले जनाएको छ ।
घरमा लालनपालन गर्ने अभिभावक नहुनु र बुबाको पनि निधन भएकाले असहाय बनेकी लामालाई ओलीले अभिभावकत्व ग्रहण गरेका थिए । अहिले घरमा बिहान–बेलुका अन्न जुटाउने चिन्ता हुने गरेको परिवारको गुनासो छ । लामा अहिले १३ वर्षकी पुगिन् ।
प्रधानमन्त्रीले अभिभावकत्व गरेको करिब ३ वर्ष बढी पुग्दा समेत हालसम्म २ पटक मात्र २० हजार रुपैयाँ नगद र १ पटक लत्ताकपडा मात्र सहयोग गरेको आमा छिचु लामाले बताइन् ।
विद्यालय पठाउँदा साथीभाइ, गाउँघरका आफन्तले पनि नातिनीलाई प्रधानमन्त्रीकी छोरी भनेर भन्ने गरेका थिए । रारा पर्यटन महोत्सवमा निवर्तमान प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यले पनि एउटी अर्की छोरी छिरिङ छेन्जोङ लामाको अभिभावकत्व ग्रहण गरेकी थिइन् ।