कर्णालीमा पञ्चमी मेलाको रमाइलो । फोटो : इश्वर बिसी/फेसबुक
काठमाडौँ : कर्णाली प्रकृतिको सुन्दर स्वर्ग हो । नेपालका लागि कर्णाली अझै उत्खनन् गर्न बाँकी छ । सम्भावना बाहिर ल्याउन बाँकी छ । कर्णालीका बारेमा जति बाहिर प्रचार गरिएको छ । त्यसलाई वास्तविकता बुझाउन बाँकी छ ।
मुगुको छायानाथ रारा नगरपालिका ४ कै ठुलो गाउँ भामबाडा । फोटो: सूर्यजंग भाम/कर्णाली ग्यालरी
यसर्थ कर्णालीको सुन्दरता अझै पनि निखारिन बाँकी छ । कर्णालीमा लुकेर रहेको सम्भावनालाई तिखार्न बाँकी छ । तर युवाहरुको प्रयास कर्णालीलाई अझै राम्रोसँग प्रचार गर्ने योजना छ । जसबाट उनीहरुले कर्णालीमा पर्यटन मात्रै होइन, कर्णालीको सुन्दरता पनि झल्कियोस भन्ने चाहना राख्छन् ।
जुम्लाको गुठिचौर गाउँपालिका ५ धिता जिउलाको मार्सी धान । फोटो :कर्ण आचार्य /कर्णाली ग्यालरी
कर्णाली ग्यालरी लगायत फेसबुक ग्रुप बनाएर उनीहरुले कर्णालीको वास्तविक सुन्दरता बाहिर ल्याउने प्रयास गरिरहेका छन् । हामीले यो हप्ता कर्णाली ग्यालरी लगायत सामाजिक सञ्जालमा रहेका उत्कृष्ट केही तस्बिर राखेका छौँ ।
कालिकोट सदरमुकाम मान्म बजारको जिरोपइन्ट क्षेत्र । साथै कर्णाली राजमार्ग पनि । फोटो: पूर्णसिंह बम/कर्णाली ग्यालरी
जुम्लाको हिमाली क्षेत्र खाली पाटन । जहाँको हरियालीले धेरैको मन तान्ने गर्छ । फोटो : रविन्द्र शाही/कर्णाली ग्यालरी
दैलेखको दुल्लु क्षेत्रको एक दृश्य । फोटो : विशाल सडशंकर/कर्णाली ग्यालरी
दैलेखको तल्लो डुंगेश्वर बजार, पुल र कर्णाली नदी । फोटो : हरिहरसिंह राठौर/कर्णाली ग्यालरी
मुगुको खत्याडमा रहेको हिगोठि । फोटो : वीरेन इरागन/कर्णाली ग्यालरी
मुगु खत्याडको आब गाँउबाट ल्याचुडि र मिगू जाने गोरेटो बाटो । फोटो: वीरेन्द इरागन/कर्णाली ग्यालरी
डोल्पामा भेरी नदीको दृश्य । फोटो : मिलन केसी/कर्णाली ग्यालरी