सिमकोट : कोरोना कहरकैबीच तामाका भाडा बोकेर हिमाली जिल्ला हुम्ला तर्फ लाग्दा राम्रो रोजगारी सृजना भएको छ । पिठिउमा बोकेका केही भाडा बिक्री गर्न हिडेका प्रेम ताम्राकारलाई यसबिचमा भएको सीपले गजबको रोजगारी दिएको छ।
दोस्रो चरणको कोरोना सुरु भएसंगै हुम्ला आएका तात्राकारलाई के गर्ने भन्ने चिन्ता थपिएको थियो । यसैबिच उनले हिमाली जिल्ला हुम्लामा तामाका भाडा बिक्रीका लागि जाने निधो गरे । त्यो उपाय नै उनका लागि अहिले आएर आम्दानीको राम्रो श्रोत बनेको छ । उनले तीन वटा तामाका भाँडा बिक्री गरेर घर फिर्ता हुने सोचाई बनाएका थिए ।
साविकको डडेलधुरा घर भएका उनी अहिले कैलालीको लम्की बस्दै आएका थिए । गत जेठ महिनामा उनी भाडा बोकेर हुम्ला छिरे । बोकेर ल्याएका तामाका भाँडा उनले खार्पुनाथ गाउँपालिाकाको छिप्रा गाउँमा बिक्री गरेका थिए । प्रति भाडा तीस हजारमा । त्यसपछि उनलाई कामको अर्डर आउन थाल्यो । आफुले बोकेका भाँडा बनाउने साधन बाजुरा र हुम्ला जिल्लाको सिमाना कवाडीमा राख्नु भएका ताम्राकारले ती भाडा बनाउने साधन लिन जाने निधो गरे अनुसार चार दिन पैदल हिडेर ल्याए ।
र सुरु गरे तामाका भाँडा बनाउन । दमाह, खड्खुडो, बाटा बनाउने सीप भएका उनलाई अहिले ती भाडा बनाउन भ्याई नभ्याई भएको छ । सुरुमा चार वटा दमाहा बनाए । एउटा दमाहा बनाउन पाँच दिन लाग्ने र त्यसको मुल्य पैतालीस हजार पर्ने गरेको उनले बताए । हालसम्म पाँच वटा हमादा बनाई सक्नु भएको छ भने सात वटा खड्खुडो ( तामाको ताउलो ) बनाई सकेका छन् ।
एउटा खड्खुडोको पच्चीस देखि तीस हजार मुल्यमा बिक्री गर्ने गरेको उनले बताए । उनले अब त यतै जमेर बस्न सुरु भएको बताए । छिप्रा गाउँको नल्न पुलमा भाडाको घरमा काम गरि रहेको बताउदै काम धेरै आउन थालेको कारण कमाई राम्रो हुने गरेको जानकारी दिए । दैनिक ती भाडाको अर्डर आई रहने भएको कारण बेरोजगारीको चिन्ता नै उनमा छैन् ।
उनले सायद लम्कीमा भएको भए भाँडा बिक्री गर्ने काम मात्र हुने तर हुम्ला आएर आफुमा भएको सीपको पनि सदुपयोग भएको बताए । यसबाट तात्राकारलाई सीपको प्रयोग र आम्दानी दुबै फाईदा हुन सुरु भएको छ ।
तीन महिनाको अबधिमा साढे तीन लाख रुपियाँ कमाई सकेको उनले बताए । कोरोनाले रोजगारीको बाटो खुलाएको बताए । उनीसंगै भाडा बोकेर आउनु भएका अन्य पाँच जना साथी भने अहिले पनि भाडा बिक्री कै काम गरि रहेका छन् ।