हुम्ला : पाँच वटा स्वास्थ्य चौकी रहेको सिमकोट गाउँपालिकामा आर्थिक वर्ष ०७७÷०७८ मा उत्कृष्ट मानिएका छन् । वर्ष भरी स्वास्थ्य चौकीले गर्नुपर्ने काम, दिनुपर्ने सेवाका आधारमा बनाइएको सुचकका आधारमा मूल्याङकन गर्दा सो स्वास्थ्य चौकी उत्कृष्ट भएको हो ।
गाउँपालिकाका स्वास्थ्य संयोजक नर भण्डारीले स्वास्थ्य चौकीबाट प्रवाह हुनुपर्ने सेवा, कार्यालय व्यवस्थापन, समय व्यवस्थापन, कार्यालयमा राख्नुपर्ने विवरण व्यवस्थापनमा वडा नम्बर ७ ले गरेका कामका आधारमा उत्कृष्ट ठहरिएको बताए ।
पाँच वटा स्वास्थ्य चौकी रहेको सिमकोट गाउँपालिकामा चार वटामा नियमित तथ्यांक गुणस्तर मापन प्रणाली लागु गरेर त्यसको अवस्था मुल्याङकन गरिएको हो ।
धेरै सुचकका आधारमा छनौट भएको बताउँदै उनले पहिलो हुने डाँडाफयाले ५७ अंक, दोस्रो हुने सिमकोटले ४७ अंक, तेस्रो स्याँडाकाले ४६ र चौथो हुने बरगाउँले ३६ अंक प्राप्त गरेका थिए ।
उत्कृष्ट हुने डाँडाफया स्वास्थ्य चौकीलाई नगद पाँच हजारसहित सम्मान पत्र प्रदान गरिएको थियो । चौकीका इन्चार्ज सन्तोस बोहराले सम्मानले काम गर्ने हौसला बढाएको र आगामी दिनमा अझै राम्रा र स्तरीय काम गर्ने प्रतिवद्धता जनाए ।
सो स्वास्थ्य चौकीमा दुई जना अहेव र तीन जना अनमीले सेवा दिदै आएका आएका छन् । जिल्ला उत्कृष्ट काम गर्ने स्वास्थ्यकर्मी र चौकीलाई यसरी सम्मान गर्दा सकारात्मक सन्देश गएको छ ।