- आफुले उपलब्धी गरेको सफलतालाई स्मरण गर्नुहोस् । जीवनको कुन कुन क्षणमा, कसरी सफलता मिलेको थियो, मन्थन गर्नुहोस् ।
- बाल्यकालको फोटो, खेलौना, लुगाफाटो हेर्नुहोस् ।
- एकदमै मन मिल्ने साथीलाई बोलाएर विगतमा भोगेका रमाइला क्षणहरुको चर्चा गर्नुहोस् ।
- बाल्यकालमा तपाईलाई जे कुराले खुसी तुल्याउँथ्यो, त्यही चिजलाई फेरी दोहोर्याउनुहोस् । जस्तो कि, खेलौनाहरु सजाउने, फनी भिडियो हेर्न, पेन्टिङ गर्ने, मन परेको सामग्रीहरु संग्रह गर्ने आदि ।
- किशोरवयमा आफ्लाई असाध्यै मन परेको गीत सुन्नुहोस्, पहिरन लगाउनुहोस्, भिडियो हेर्नुहोस् ।
- विद्यालयरक्याम्पसको बेला खिचिएको फोटोको एल्बम निकालेर हेर्नुहोस् ।
- पर्व, उत्सव, पारिवारिक जमघटलाई कसरी रमाइलो बनाउने भनेर घोत्लिनुहोस् ।
- राम्रो गीत बजाएर मस्त नाच्नुहोस् ।
- मीठो गीत सुन्दै रमाइलो पुस्तक पढ्नुहोस् ।
-बगैंचामा फूलहरु रोप्ने, स्यहार्ने गर्नुहोस् । आदि