फाइल फोटो
साथीभाइको दबाव, ठूला मान्छेको देखासिकी र जिज्ञासा तथा कौतुहलताले युवा–युवतीलाई धुम्रपान तर्फ आकर्षित गरिरहेको हुन्छ । यदि तपाईं धुम्रपानको लतमा फसिसक्नु भएको छ र छोड्न चाहनुहुन्छ भने स्वास्थ्यकर्मीको परामर्शमा सजिलैसँग धुम्रपान छोड्न सकिन्छ । किशोरावस्थामा प्रवेश गर्दैगर्दा युवा युवतीहरु धुम्रपान तथा सुर्तीजन्य पदार्थको कुलतमा फस्ने गर्छन् । त्यसैले किशोरावस्थामा नै सचेत र संयम हुन सकेमा कुलबाट बच्न सकिन्छ ।
फाइदा यस्ता छन् !
– फोक्सो दम, खोकी, ब्रोङ्काइटिस, क्यान्सर, मुटुको रोग र टिबी रोग लाग्नबाट बच्न सकिन्छ,
– मुखको क्यान्सर लाग्नबाट बच्न सकिन्छ,
– गर्भ सुरक्षित हुन्छ, गर्भशित्रको शिशू स्वस्थ रहन्छ,
– दाँत, औँला पहेँलो हुँदैन,
– बालबालिकालाई निमोनिया कम हुन्छ,
– पैसाको बचत हुन्छ,
– आफूभन्दा साना छोराछोरीले धुम्रपान गर्न सिक्दैनन् ।