काठमाडौ । सचिन तेन्दुलकरलाई क्रिकेटको मास्टर भनिन्छ । अर्थात क्रिकेट भनेकै सचिन तेन्दुलकर हुन । जबदेखि उनले खेल्न थाले । तब संसारले क्रिकेटलाई फुटबल जत्तिकै माया गर्न थालेका धेरैको दाबी मानिन्छ । पछिल्लो समय क्रिकेट विश्वभरका खेल पारखीसँगै नेपालीलाई पनि असाध्यै मन पर्छ ।
क्रिकेटमा भारत विश्वकै एक खम्बा मानिन्छ । भारतमा क्रिकेट धेरै लोकप्रिय छ । भारतमा सचिनलाई मान्ने धेरै जना छन । सारा दुनियाले सचिनलाई मान्छ । सचिनलाई महान मान्ने मान्छेले हिजो आज भारतीय टिमका कप्तान विराट कोहलीलाई पनि महान मान्ने गरेका छन ।
सचिनले शतकको पनि शतक लगाएका छन । एकदिवसीय क्रिकेटमा ५१ र टेस्ट क्रिकेटमा ४९ गरी सचिनले १०० शतक बनाएका छन । जुन रेकर्डको नजिक अरु व्याट्सम्यान पुग्न सकेका छैनन् । भारतीय टिमका कप्तान कोहली भने सचिनलाई पछ्याउदै गएका छन ।
एकदिवसीयमा ४२ शतक बनाएका कोहलीले टेस्ट क्रिकेटमा २८ शतक बनाएका छन । दुबै जोड्दा ७० शतक बनाएका कोहली सचिनको यो रेकर्ड तोड्न सक्ने खेलाडी मानिएका छन । अहिलेसम्म सचिनका बाँकी रेकर्ड उनले नै तोड्दै आएका छन ।
अझै दुई बर्ष बिराटको ब्याट चलेको खण्डमा सचिनको रेकर्ड तोडिने पक्का छ । सचिनले झण्डै ४० बर्षको उमेरसम्म क्रिकेट खेलेका थिए । विराट भर्खर ३० बर्षको उमेरमा छन । उनले अझै १० बर्ष खेल्न बाँकी रहेकाले पनि यो रेडर्क तोडिने धेरैको अपेच्छा छ ।
दक्षिण अफ्रिकाका उत्कृष्ट क्रिकेटर एबी डिभिलियर्सले सचिनभन्दा विराट कोहली उत्कृष्ट हुन सक्ने दाबी गरेका छन । अहिले विराट र अष्ट्रेलियाका व्याट्सम्यान स्टिभ स्मिथबीच प्रतिष्पर्धा रहेपनि भविष्यमा विराटले सचिनलाई समेत उछिन्ने डिभिलियर्सको भनाई छ ।
क्रिकेट एजेन्सीसँग कुरा गर्दै एबीले भनेका छन, "खेल जित्ने मामलामा विराट अगाडी छन । खेलसँगै किर्तिमान पनि राखिरहेका छन । अहिलेसम्म सचिन नै उत्कृष्ट मानिन्छन ।" तर बाँकी केही बर्षमा विराटले सचिनलाई समेत उछिनेर धेरै माथि पुग्ने डिभिलियर्स बताउँछन । लकडाउनका कारण अहिले कुनै पनि खेल हुन सकेका छैनन् ।