सिमकोट : नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत दुई प्रदेश क्षेत्र रहेको हुम्लामा ख नम्बर क्षेत्रको सर्वसम्मत नेतृत्व चयन भएको हो । मंगलबार उद्घाटन सत्र सुरु भएको भएपनि बुधबार बिहानबाट सुरु भएको निर्वाचन कार्यतालिका अनुसार सर्वसम्मत नेतृत्व चयन भएको घोषणा गरिएको हो ।
कांग्रेस अधिवेशनका लागि खटिएका सहायक निर्वाचन अधिकृत कैलाश रोकायाले अनुसार ख नम्बर क्षेत्रको सभापतिमा तक्दिर लामा ९टसी० को नेतृत्वमा पुरै टिम सर्वसम्मत भएको हो ।
अधिवेशनले पदाधिकारी र प्रदेश अधिवेशन प्रतिनिधि गरी २३ जना चयन गरेको हो । यस्तै उपसभापतिमा चक्र बुढा र भरतजंग शाही, सचिवमा कर्णबहादुर रावल र प्रताप लामा, सहसचिवमा चन्द्रबहादुर शाही र टसी लामा सर्वसम्मत चयन भएका हुन् ।
अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधिमा प्रदेश सभा निर्वाचन क्षेत्र नं ९ख० का लागि भिमराज शाही, भरतजंग शाही, जयबहादुर शाही, रंगमती शाही, रामप्रसाद रोकाया, हरिबहादुर सुनार, प्रेम लामा तामाङ, उपेन्द्र लामा, माया लामा, ताराबहादुर लामा, अदनसिंह भण्डारी, छपाल लामा, रम्भा शाही, कर्ण भण्डारी, सरिता रावतर राजन रावत सर्वसम्मत चयन भएका हुन् ।
अधिवेशनबाट सर्वसम्मत चयन भएका क्षेत्रिय कार्य समितिका पदाधिकारी र प्रदेश महाधिवेशन प्रतिनिधि सबैलाई कांग्रेस सभापति जयपति रोकायाले प्रमाण पत्र वितरण गरेर खादा तथा अबिर लगाएर स्वागत गरेका थिए । निवर्तमान सभापति कैलाश भण्डारीले निर्णय पुस्तिका सर्वसम्मत चयन भएका लामालाई हस्तान्तरण गरका थिए । घोषणा कार्यक्रम सभापति लामाले कांग्रेसलाई सशक्त र क्रियाशिल बनाउन लाग्ने बताए ।