सिमकोट : नेपाली कांग्रेस प्रदेश क्षेत्र अन्तर्गतको हुम्ला ‘क’ नम्बर क्षेत्रमा भएको निर्वाचनमा मानदेव शाहीको टिम विजयी भएको छ । लोकेन्द्र भण्डारीको टिमसँग चुनावमा होमिएको शाहीको टिम विजयी भएको हो ।
निर्वाचन कार्य तालिका, आचारसंहिता लगायत सबै तयारी पुरा भएपछि सभापतिका अर्का प्रत्यासी भण्डारीको समुहले एक दिनपछि निर्वाचन गर्न माग राखेकोमा मतदान अधिकृत राज बहादुर ऐडीले समय अभावको कारण त्यसो गर्न नसकिने बताएर निर्वाचन सुरु गरेपछि निर्वाचनमा उनको पक्षले वहिस्कार गरेको थियो ।
मतदान अधिकृत ऐडीले निर्वाचन सारे भोली असोज १५ गतेबाट सुरु हुन लागेको जिल्ला अधिवेशन प्रभावित जिकिर थियो । सो कारणले पनि ऐडीले निर्वाचनपछि सार्न नसकिएको जनाएका हुन् । यसबाट ‘क’ नम्बर क्षेत्रमा निर्वाचनद्धारा र ‘ख’ नम्बर क्षेत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो ।
सो क्षेत्रको अधिवेशनका लागि खटिएका मतदान अधिकृत ऐडीका अनुसार मंगलबार अधिबेशन सुरु भएकोमा क नम्बर क्षेत्रमा निर्वाचनद्धारा नेतृत्व र प्रदेश महाधिवेशन प्रतिनिधिहरु चयन भएका छन् ।
निर्वाचनबाट सभापतिमा शाही, उपसभापति शेर बहादुर बुढा र पुन्न बहादुर शाही, सचिवमा सुरेन्द्र थापा र धनजय भण्डारी, सहसचिवमा पहलमान ऐडी र खड्कजंग शाही निर्वाचित भएका छन् ।
निर्वाचनले प्रदेश महाधिवेशन प्रतिनिधिमा अंग छत्याल, कर्ण केसी, कलसरी रोकाया, गोर्ख बहादुर शाही, जंगलाल खड्का, मैना बुढा, मक्क सुनार, भैरे शाही, भरत सुनार, सबिता ऐडी, प्याउका बुढा, टसियाङ्जुम लामा, दत्त बुढा, बिर्खबहादुर शाही र नन्द बहादुर नेपाली चयन गरेको कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन अन्तर्गत दुवै प्रदेश क्षेत्र अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन गर्न सफल भएका छन् ।