काठमाडौं : तिथिहरुको आधारमा मानिसहरुको भविष्यको फल बनाइन्छ । यसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
फरक महिनामा जन्मने महिलाहरूमा उनिहरू बिचको प्रेम सम्बन्ध, वुद्दी, स्वभाव, मेहिनत परिश्रम जस्ता कुराहरू यसमा उल्लेख गरिएको छ । उक्त ज्योतिष शास्त्रलाई आधार मानेर तयार पारिएको मासिक आधारमा महिलाको भाग्य, कर्म र स्वभाव, गुणलाई तल व्याख्या गरिएको छ । यी चार महिनामा जन्मिएका महिलाहरु हुन्छन् अत्यन्तै भाग्यमानी:
फेब्रुअरी महिना
यो महिनामा जन्मिने महिलाहरु निकै बुद्धिमानी हुने गर्छन्। ग्रह चालको कारण यो महिनामा जन्मिने महिलाहरु विवाहपछि पनि भाग्य निकै चम्कन्छ। त्यसकारण फेब्रुअरी महिनामा जन्मने महिलालाई लक्ष्मीको रुपमा लिने गरिन्छ।
अप्रिल महिना :
यो महिनामा जन्मिएका मानिसहरु धर्मात्मा, धन नाश हुने भएका कारण पिडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् । महिलाहरु छिट्टै आफ्नो लक्ष्यमा पुग्ने गर्छन् । सधै भाग्यले साथ दिने भएकाले उनीहरु प्रगतिको पथमा हुने गर्छन् ।
जुन महिना :
यो महिनामा जन्मिने महिलाहरु छिट्टै आफ्नो लक्ष्यमा पुग्ने गर्छन् । यिनीहरुको जोडी सामान्य रहन्छ । त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् । ग्रह चालको कारण यो महिनामा जन्मिने महिलाहरु विवाहपछि पनि भाग्य निकै चम्कन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् ।
सेप्टेम्बर महिना :
यो महिनामा जन्मने महिलाहरु मेहनत नगरेपनि सजिलै सफलता पाउन सक्छन् । उनीहरुले विवाहको लागि पनि धनि केटा भेट्छन् ।