काठमाडौं : दही यस्तो चिज हो जस्लाई बिभिन्न खानाको परिकारसंग मिसाएर खाना सकिन्छ । दहीले पाचन प्रकियामा पनि सहयोग गर्ने भएकाले प्रायः मानिसहरुले खानासँग दहीको उपभोग गर्दछन् ।
दही खानु शरीरका लागि फाइदाजनक पनि हुन्छ । तर, जति दही खाँदा फाइदा हुन्छ उति नै बेफाइदा पनि हुन्छ । यदि दही गलत खाद्य पदार्थसँग खाँदा यसले शरीरलाई बेफाइदा पनि पुर्याउँछ ।
केहि यस्ता चिजहरु छन् । जस्लाई दहिसंग मिसाएर खादा स्वास्थ्यलाई हानिकारक हुन जान्छ । हेरौ ति चिजहरु के के हुन जस्को प्रयोग दहीसंग गर्दा हानिकारक हुन्छ । दहीसँग खानै नहुने यी चिजहरु ।
प्याज र दही
दहीमा प्याज हालेर खानुहुँदैन । दहीले शरीरभित्र चिसो लाग्छ भने प्याजले शरीरमा गर्मी पैदा गर्छ । यी दुई मिसाएर खाँदा शरीरलाई नोक्सान पुर्याउँछ । यसले छालामा एलर्जी, र्याशेज जस्ता समस्या पैदा गराउँछ ।
आँप र दही
हही र आँप एक साथ खाए स्वाथ्यमा समस्या आउन सक्छ । दहि चिसो र आँप गर्मी भएकाले समस्या आउन सक्छ । कनभने यी दुइटाको स्वभाव विपरीत हुन्छ ।
माछा र दही
दही र माछा एकसाथ खानुहुँदैन । दही र माछा दुवै प्रोटिनको स्रोत हो । यो दुवै मिसाएर खाँदा पेटमा समस्या हुनसक्छ । दही दूधबाट बन्छ भने माछा मामंशाहारी खाना हो । यसले पेटमा विभिन्न समस्या पैदा गर्छ ।
केरा र दही
प्राय सबैले केरा र दही मिसारे खाने गर्छन्। तर केरा र दही मिसाएर खानाले स्वास्थ्यमा खराबी हुन्छ l यदि खानै परे पनि २ घण्टाको फरक पारेर मात्र खानुपर्छ । शरीरमा टक्सिन बन्न थाल्छ । जस्ले उल्टी हुने, पेटमा गडबड हुनेजस्ता लक्षण देखा पर्छन् ।
चीज र दही
आयुर्वेदले चीज र दहीलाई पनि एकैसाथ खान वर्जित गरेको छ । यिनलाई एकै पटक खाँदा शरीरमा नकारात्मक असर गर्छ ।