काठमाडौं : लसुन नेपाली भान्सामा नभइ नहुने मसला मध्ये एक हो । विशेषगरि मसलाका रुपमा प्रयोग गरिने भएपनि लसुनलाई हामी विभिन्न तरिकाले प्रयोग गर्न सक्छौं ।
लसुन स्वास्थ्यका लागि राम्रो मानिन्छ । हामीलाई विभिन्न रोगहरुबाट मुक्त पनि लसुनले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । आयुर्वेदमा लसुनलाई औषधी नै मानिएको छ । त्यसैले बिहान सबेरै खाली पेटमा लसुन खानाले सबैभन्दा धेरै फाइदा हुन्छ ।
के हुन्छ लसुनमा ?
लसुनमा भिटामिन र मिनरल्सयुक्त पोषक पदार्थ भरपुर मात्रामा हुनछ । यसमा खासगरी भिटामिन बि १, बि ६, सी, म्यागजिन, क्याल्सियम र कपर पाइन्छ । दैनिक लसुन सेवन गर्दा दिनभरका लागि सरीर सुरक्षित रहन्छ । साथै इनर्जी पनि मिल्छ ।
कसरी खाने ?
संभव भएसम्म लसुन विहानै खानुपर्छ, खाली पेटमा । लसुनलाई काँचो खानु बढी प्रभावकारी हुन्छ । किनभने पकाइएको लसुनमा औषधिय गुण एकदमै कम हुन्छ । यसको प्राकृतिक एन्टिबायोटिक गुण प्राप्त गर्नका लागि खाली पेट सेवन गर्नुपर्छ ।
यी ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुन सक्छः
कम रक्तचाप भएको व्यक्ति
लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माणमा मद्दत पुर्याउँदछ। यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन्। उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन खतरनाक हुन जान्छ ।
आँखा रोग भएको व्यक्ति
आँखा रोगीहरूले लसुनको सेवन गर्नुहुँदैन। विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हानी पुर्याउने गर्दछ, साथै आँखाबाट रगत पनि निकाल्न सक्दछ। आँखा रोगीहरूले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्दछन्।
कलेजोको समस्या भएको व्यक्ति
ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्। हेपटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर गर्दछ। तर, हेपाटाइटिस भाइरसको उपचारको लागि लसुन खानु उचित हुँदैन। किनभने, लसुनको सेवनले पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पर्दछ, जसले हाम्रो आन्द्रामा पैदा हुने ग्यास्ट्रिक एसिडको मात्रालाई कम गर्दछ।
झाडापखाला लागेको व्यक्ति
झाडापखालाले ग्रसित भएको व्यक्तिले लसुनको सेवन गरेमा, यसको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर पुर्याउँदछ, जसको कारण आन्द्रामा घाउ हुन जान्छ र यस्तो अवस्थालाई ‘इन्टेस्टाइनल म्युकोसल हाइपरिमिया’भनिन्छ। यस्तो अवस्था हुँदा, दिशा गर्दा कडा पेट दुख्ने, दिशामा रगत देखिने, रिङ्गटा लाग्ने र वान्ता हुने जस्ता लक्षणहरू देखा पर्दछन्। त्यसैले, झाडापखाला लाग्दा लसुनको सेवन नगर्नुहोस् ।
सर्जरी गर्न लागेको व्यक्ति
कुनै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अगाडि देखि लसुन खान छोड्नुपर्दछ। किनभने लसुनले गर्दा सर्जरी पछि रगत नजम्ने हुन्छ र घाउ विस्तारै पाकेर सङ्क्रमित हुने गर्दछ।