काठमाडौं : पछिल्लो समय सामान्य कुरा पनि गुगलमा खोज्ने गर्छौं । अहिले बच्चा देखि बृद्धसम्म सबैको हात हातमा मोबाइल र ल्यापटपमा रहेको छ । इन्टरनेटको विस्तारसँगै मानिसहरूमा यो लत बसेको हो ।
त्यति मात्र नभएर उनीहरू मोबाइल तथा ल्यापटपमा विभिन्न सर्च इन्जिनहरूबाट लेखेर तथा भ्वाइसमार्फत आफू अनुकूलका सामग्री सर्च गर्छन् । यसबाट उनीहरूले क्षणिक आनन्द लिए पनि पर्न सक्ने जोखिमबारे सचेत हुँदैनन् । यसरी पटक-पटक एउटै कुरा धेरै सर्च गर्ने मानिसहरूलाई अनुसन्धान एजेन्सीहरूले मनिटर गरिरहेका हुन्छन् ।
एक दुई पटक बेवास्ता गर्न सक्छ तर पटक–पटक सर्च गर्नाले तपाईँलाई प्रहरीले पक्राउ समेत गर्न सक्छ । केही सर्च गर्न नहुने कुराहरू छन् जुन गुगलमा खोज्नुभन्दा सम्बन्धित साइट नै खोलेर हेर्न इन्टरनेट सुरक्षा विदहरुले सुझाव दिएका छन् ।
बम बनाउने तरिका :
त्यस्तै कानुनले निषेध गरेका केही त्यस्ता कुराहरू पनि सर्च गर्नु हुँदैन । पटक–पटक सर्च गर्दा तपाई समस्यामा पर्न सक्नुहुन्छ । अनुसन्धान एजेन्सीहरू तपाई माथि मनिटर गरिरहेका हुन्छन् ।
चाइल्ड पोर्न
पोर्नलाई लिएर पछिल्लो समय निकै बहस भएको छ । भारत र नेपालमा चाइल्ड पो’र्नसँग सम्बन्धित जानकारी राख्न र बढवा दिन गैर कानुनी हो । यदि तपाई गल्तीले चाइल्ड पो’र्न सर्च गर्नुहुन्छ भने पनि सावधान हुनुहोस् ।
औषधि किनबेच :
गुगल प्ले स्टोरमा धेरै यस्ता मोबाइल एप्प छन् जसबाट तपाई औषधि किन्न सक्नुहुनेछ । तर त्यसको लागि तपाईँले डाक्टरको प्रिस्क्रिप्सन देखाउन अनिवार्य छ । यदि कुनै डाक्टरको स्वीकृतिविना नै औषधि किन्दै हुनुहुन्छ भने तपाई समस्यामा पर्न सक्नुहुनेछ । अनुसन्धान एजेन्सीहरू ती मानिसहरूमाथि पनि मूल्याङ्कन गर्छन् । जसले गुगलबाट ओषधि किन्छन् ।
अनलाईन बैकिङ वेबसाइट
यदि तपाईलाई आफ्नो बैंकको वेबसाइट थाहा छ भने गुगलमा अनलाईन बैंकको युआरएल अर्थात वेभ एड्रेस सर्च नगर्न सुझाव दिइन्छ । कतिपय अवस्थामा स्क्यामर (इन्टरनेटमा ठगी गर्नेहरु) ले बैंकको जस्तै मिल्दोजुल्दो वेभसाइट बनाएका हुन्छन् । यसको ठेगाना र लुक्समा केही मात्र फरक हुन्छ । कतिपय बेला यस्तो नक्कली साइटमा युजरहरुले आफ्ना संवेदनशील सूचना टाइट गर्छन् । त्यसबेला उनीहरु धोकाधडीको शिकार बन्ने गर्दछन् ।
कस्टमर केयर नम्बर
फ्रड र स्क्याम गर्नेहरुले गुगलमा कम्पनीहरुका नक्कली कस्टमर केयर नम्बर र वेब साइट देखाउने गर्दछन् । कतिपय घटनामा गुगलमा कस्टमर केयर नम्बर सर्च गरेपछि फोनमा युजर्सलाई यस्ता ठगहरुले ठगेका छन् । कुनै पनि कम्पनीको कस्टमर केयर नम्बर गुगलबाट खोज्नुको साटो सोझै उक्त कम्पनीको वेब पेजमा या फोनबाट कस्टमर केयरसँग सम्पर्क गर्नुपर्दछ ।
डिस्काउण्ट कुपन कोड
यदि सपिङ साइट या ऐपमा तपाईंले डिस्काउण्ड कुपन कोड पाइरहनु भएको छ भने त्यो राम्रो हो । तर यस्तो कोड खोज्न गुगलको सहायता लिनु घातक हुन सक्छ । दर्जनौँ नक्कली साइटहरुमा तपाईंले यस्ता नक्कली कुपन कोडहरु पाइन सक्नु हुनेछ । यसबाट तपाईंको बैंकसम्बन्धी सम्पूर्ण जानकारी स्क्यामर कहाँ पुग्न सक्छ ।
मोबाइल एप्स र सफ्टवेयर
यदि तपाईं आफ्नो स्मार्टफोनका लागि कुनै पनि एप्स वा सफ्टवेयर गुगलमा सर्च गरेर डाउनलोड गर्नुहुन्छ भने यस्तो नगर्नुहोस् । सधैँ गुगल प्ले स्टोर या एप्पल एप स्टोरबाट मात्रै अपडेट गर्नुहोस् । गुगलमा सर्च गरेर भेटिने एप्सहरुमा मालवेयर अर्थात भाइरस हुन सक्छन् ।