काठमाडौं : आजभोली यौन सम्पर्क बारेमा मानिसहरु खुलेर कुरा गर्न थालेका छन् । तर पहिलोपटक सेक्स गर्नेबेला केटा होस् या केटी दुबै आत्तिने गर्छन् वा उनीहरुमा एक प्रकारको डर पैदा हुन्छ ।
पहिलोपटक सेक्स गर्दा घबराहट पैदा नहोस् भनेर केही खास कुरामा ध्यान दिनु जरुरी छ । खासगरी पुरुषहरुले पहिलोपटक सेक्स गर्दा के कुरामा ध्यान दिनुपर्छ तल उल्लेख गरिएको छ ।
सेक्सले पनि मानिसको जीवनको कतिपय पक्षहरुलाई सहज बनाउने गर्दछ । पछिल्लो समय विश्वमा सेक्सको बारेमा नयाँ नयाँ अध्यनहरु हुन थालेका छन् । पहिलो पल्ट सेक्स गर्दा ध्यान दिनु पर्ने कुराहरु :
पहिलो पटकको सेक्स पीडादायक हुन्छ
पहिलो पटकको सेक्स निकै पीडादायक हुने धेरै मानिसहरुको भनाई हुन्छ । तर यदि ठिक तरिकाले फोरप्ले गरियो र तपाईं यसको लागि तयार हुनुहुन्छ । पहिलो पटकको सेक्स निकै सजिलो र कम पीडादायी हुन्छ । चाहिएको खण्डमा तपाईं लुब्रिकेन्टको प्रयोग पनि गर्नसक्नुहुनेछ ।
तपाईं पहल गर्नुहोस्
धेरैजसो महिलाहरु माया दर्साउन लजाउने गर्दछन् । तर पहिलो पटक सेक्स गर्दा तपाईं पहल गर्नुहोस र उनलाई पर्खेर नबस्नुहोस् । यदि एक अर्काको मुख ताकेर बस्नुभयो भने पुरा रात नै बित्छ ।
आकारको महत्व
विश्वास गर्नुहोस् सेक्समा आकारको कुनै पनि भूमिका हुँदैन । महिलाहरुमा धेरैजसो यो भ्रम हुन्छ कि उनको पुरुषको आकार जति ठूलो हुन्छ त्यति नै उनीहरुहरु आनन्दित हुने सोच्दछन् तर यो सोचाई गलत हो । चरमोत्कर्षमा आकारको कुनै पनि महत्व हुँदैन ।
पोर्न फिल्मजस्तो अनुभव
यदि तपाईं पोर्न स्टारजस्तो सेक्स गर्ने सोच्दैहुनुहुन्छ भने यो तपाईंको सोचाई गलत साबित हुनेछ । पोर्न फिल्ममा देखाइने धेरैजसो भुटो हुने भएकाले यसको पछि नलाग्नुहोस् ।
सेक्सको बारेमा धेरै सोच्नु
यदि तपाईं आफ्नो पहिलो सेक्स धेरै राम्रो हुने सोच बनाउँदै हुनुहुन्छ भने तपाईं गलत सोच्दै हुनुहुन्छ । याद राख्नुहोस् यो तपाईंको लागि नयाँ अनुभव हो र यसका लागि तपाईं धैर्यवान् हुन जरुरी छ । किन कि तपाईलाई पहिलो पल्ट सेक्सको अनुभव नै राम्रोसँग थाहा भएको हुदैन । त्यसैले तपाई पहिलोपल्ट सेक्सको बारेमा धेरै सोच्नु पनि गलत साबित हुनेछ ।
महिलाहरुले झुटो चरमोत्कर्ष
महिलाहरुले पहिलो पटक सेक्स गर्दा आफ्नो पार्टनरलाई खुसी राख्नका लागि झुटो चरमोत्कर्षको नाटक गर्नुपर्दैन । यो तपाईंको पहिलो पटकको सेक्स भएका कारण तपाईंको पार्टरले तपाईंलाई बुझ्नुहुनेछ ।
धेरै बेरसम्म सेक्स
पहिलो पटकको सेक्स धेरै लामोसम्म हुने कुरा गलत हो । त्यसकारण पहिलो पटकको सेक्समा कुनै उद्देश्य नराखी मात्र आनन्द लिने तरिकाले गर्नुहोला ।