काठमाडौं : दशैँ नेपालीहरुको महान चाड हो। यो चाड हामीले दशकौं देखि हर्षउल्लासका साथ मनाउदै आइरहेका छौँ । यो चाडको धार्मिक हिसाबले मात्र महत्व नभै पारिवारिक भेटघाट, आपसी मेलमिलाप, सुवेक्षा आदान प्रदान गर्ने तथा आशिर्वाद प्राप्त गर्नु पनि हो । यी सबै गतिबिधि संगै यो चाडसंग खानपानको बिशेष सम्बन्ध जोडिएको कुरा हामी सबैलाई थाह नै छ ।
दशैँको विशेष परिकारको रुपमा मासुलाई नै लिने गरिन्छ । दशैँमा आफन्त र परिवार, साथीभाइ जसको घरमा पनि मासु नै पाक्छ । आफ्नो आउनेहरुलाई सबैले मासु खान कर गर्छन् ।
मानिसहरु पनि दशैँ त हो भन्दै मासु धेरै खाने गर्छन् । थोरै थोरै खादा पनि अन्य समयमा भन्दा चाडबाडको खानपान अलि बढि नै हुन्छ । तर काम नगरिकन चाडवाड त हो भनेर खानामा मात्रै बल गरियो भने स्वास्थ्यलाई असर पर्ने पोषणविद् अतुल उपाध्याय बताउँछन् ।
खानपान तथा स्वास्थ्यमा मा के के कुरामा ध्यान दिने त ?
पेय पदार्थ
पेय पदार्थलाई निरुत्साहित गरौँ र सकेसम्म घरमै बनाएको महि, लस्सी, सर्बत आदि सेवन गरौँ। मदिराजन्य पदार्थहरुको स्वास्थ्यमा निकै नकारात्मक असर हुने हुनाले टाढै बसौं ।
घरमा बनाएका
अत्यधिक चिल्लो र गुलियो मिश्रित खानाका परिकारहरु बिशेष ध्यान पुर्याएर मात्र खाउँ। यी परिकारहरु तयार गर्दा चामलको पिठो या मैदा भन्दा आटा प्रयोग गर्नु बेस हुन्छ । यदि कुनै किसिमको दीर्घरोग ( सुगर, प्रेसर, मुटु रोग आदि) छ भने यस्ता परिकारहरु नखाएकै राम्रो।
मासु खाँदा रातो मासु
मासुका परिकार बनाउदा कम तेलमा, बोसो छुट्टयाई मात्र राम्रोसंग पकाउनु पर्दछ। जस्तै रातो मासु खसी, बोका,च्यांग्रा, भेडा, रागो र सेतो मासु (कुखुरा, हाँस, टर्की आदि) लाई प्राथमिकतामा राखौँ । सकेसम्म पोलेका, तारेका, धेरै चिल्लोरबोसो हालेर भुटेका परिकारहरु कम मात्रामा खाउँ। मासु राम्रो संग पकाएर खाऔं र खसी, बोका, कुखुरा आदि किन्दा स्वस्थ पशु हो कि होइन भनि एकिन भएपछि मात्र किनौ ।
मासु लगाएत अन्य परिकार
दशौँमा मासु नखाएर अन्य ताजा खाने कुरा,मा पनि धेरै ध्यान दिनु पर्छ । ताजा नै खाने बानि बसालौ, बासि सडेगलेको, झिंगा भन्केको खानेकुरा कदापी सेवन नगरौँ।
अरु चिल्लो, गुलियो खाने कुरा
मासुजन्य परिकारमा मात्र केन्द्रित नभई आफ्नो गाउँठाउँमा फलेका सिजनका हरिया तरकारी र सागपात तथा फलफुलहरुलाई आफ्नो खानाको अभिन्न अंग बनाउनु पर्दछ। काक्रो, गाजर, मुला, साग, कागती इत्यादीलाई सलादको रुपमा तथा फलफूलहरु अम्बा, स्याउ, केरा, भोगटे लगाएत स्थानीय फलफूलहरुलाई खाजाको रुपमा प्रयोग गरौ।
खानपान तथा स्वास्थ्यमा मा के के कुरामा ध्यान दिने :
- दशैँमा मासुसंगै प्रशस्त्र मात्रामा फलफुल र पानी खाने ।
- बासी सडेगलेको खाना नखाने ।
- कागती, बेसार अदुवा मिसाएर पानी उमालेर खाने ।
- खानामा हरियो सागसब्जी अनिवार्य खाने ।
- यदि पेट दुख्ने, झाडा बान्दा भइहाल्यो भने जीवनजल पानी खाने ।