सिमकोट : नेपाली कांग्रेसको सातौं जिल्ला अधिवेशनद्धारा पुरै प्यानल संस्थापन (देउवा)पक्षको सर्वसम्मत नेतृत्व चयन भएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयद्धारा सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार पौडेल पक्ष निर्वाचनमा अनुपस्थित हुँदा उम्मेद्धवारी मात्र परेको देउवा पक्षलाई सर्वसम्मत नेतृत्व चयन भएको घोषणा गरिएको हो ।
निर्वाचन अधिकृत दुर्गा प्रसाद साप्कोटाका अनुसार, अधिवेशनले निर्वाचन कार्य तालिका अनुसार एउटा पक्षको मात्र उम्मेद्धारी परेको कारण विधानतः अनुसार सर्वसम्मत नेतत्व चयन कार्य सम्पन्न भएको बताए ।
समय दिएर उम्मेद्धारी दर्तादेखि मतदानसम्मको कार्य तालिका सार्वजनिक गरिएको भएपनि एउटाको मात्र उम्मेद्धारी परेको कारण विधानतः सर्वसम्मत कार्य समिति र महाधिवेशन प्रतिनिधि चयन भएको घोषणा गरिएको उनले बताए ।
उनले, मोहन बिक्रम सिंहलाई पार्टी सभापति पदमा निर्विरोध निर्वाचित गरेको बताए । नयाँ कार्य समितिमा उपसभापति कैलाश भण्डारी र बसन्त रोकाया, सचिवमा बिजय बुढा र कृष्ण बहादुर बोहरा, सहसचिवमा दिलबहादुर शाही र पाल्जोर लामा तामाङ पनि निर्विरोध निवर्मचित भएका छन् । त्यसैगरी २४ जना जिल्ला कार्य समितिका सदस्यहरु पनि चयन भएका छन् । अधिवेशनले २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु पनि चयन गरेको छ ।
निर्वाचन अधिकृत साप्कोटाले चयन भएका महाधिवेशन प्रतिनिधिहरुमा जयपति रोकाया, पदमबहादुर लामा, कर्ण बहादुर रावल, मंगलबहादुर शाही, राजबहादुर रोकाया, चन्द्र रावल, सुर्य बहादुर लामा, धर्मराज जैशी, अर्जुन महतारा, शुसिला रोकाया, रिता लामा, मधु शाही, रंगमति शाही, बखत बहादुर शाही, गणेश बहादुर महत, पदम बहादुर शाही, जुनराज हमाल, उषा रोकाया, डोमा शाही लामा, तुली भण्डारी, जनक बहादुर शाही, दलसरा परियार, राम बहादुर टमटा, पेमाडोमा लामा र मिम बहादुर तामाङ रहेको बताए ।
सर्वसम्मत चयन भएका जिल्ला कार्य समिति र महाधिवेशन प्रतिनिधिलाई कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीले प्रमाणपत्र वितरण गरेका थिए । क्षेत्रीय अधिवेशन अन्तर्गत क नम्बर क्षेत्रको अधिवेशनमा भाग नलिएको संविधान सभा सदस्य रीता शाहीको टोलीले जिल्ला अधिवेशनमा समेत भाग लिएको थिएन । शाही संस्थापन इतर समूहकी हुन । कांग्रेसको विधान र केन्द्रीय निर्वाचन समितिको निर्देशिका अनुसार जिल्लामा अगाडि बढेको उनले बताए ।