बुटवल । प्रदेश ५ को रुपन्देहीमा एकै परिवारका ९ जनामा कोरोना संक्रमण भएको पाइएको छ । रुपन्देहीको गैडहवा गाउँपालिकाका वडा नं. २ जोगडामा एकै परिवारका ९ जनामा संक्रमण भएको पाइएको हो । उनीहरुमध्ये तीन महिला र ६ जना पुरुष रहेका छन ।
एक हप्ता अघि भारत मुम्बईबाट आएका उनीहरुलाई जोगडा माविको क्वारेन्टाइनमा ल्याएर राखिएको थियो । बुधबारको परीक्षणा उनीहरुमा संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा बसेका अरुलाई पनि संक्रमणको आशंका गरिएको छ ।
जोगडा माविमा ५२ जना क्वारेन्टाइनमा रहेका गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताए । प्रदेश ५ मा मात्रै अहिलेसम्म ९३ जनामा संक्रमण देखिएको छ ।