काठमाडौं । नेपालमा सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण देखिएको छ । कपिलवस्तुमा बुधबार भेटिएका ८ जना कोरोना संक्रमित मध्ये चार जना नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग सिआइडीका अधिकारी रहेका पाइएको छ ।
नेपाल प्रहरीका सई र हवल्दार, सशस्त्र प्रहरी बलका सई र अर्का एक जना राष्ट्रिय अनुसन्धान विभागका असई रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । पछिल्लो तथ्यांकअनुसार बुधबार बेलुकी २४ जनामा संक्रमण भेटिएको थियो । सुरक्षाकर्मी सबै कपिलबस्तु जिल्लाका हुन ।
यसअघि मंगलबार नै भक्तपुरमा रहेका एक सशस्त्र प्रहरीलाई पनि कोरोना संक्रमण भएको थियो । हिजो नै कपिलबस्तुमा एक नर्स र विरगञ्जमा पत्रकारलाई पनि संक्रमण भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमण भयावह हुने देखिएको छ ।
अहिलेसम्म २ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ भने ३५ जना उपचारपछि घर फर्किएका छन ।