सिमकोट : हवाई जहाजमा नेपालगञ्जबाट सिमकोट ढुवानी गरेर ल्याएको मोटरसाइकलमा नेपाली भुमि लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गर्न सुरु भएको छ ।
परिक्षणका रुपमा मोटरसाइकलबाट यात्रा गरेका दुई जना आन्तरिक पर्यटकले दश घण्टामा यात्रा सफल रुपमा लाप्चा पुगेर दर्शन गरेका हुन । आन्तरिक पर्यटक – कृषि विकास कार्यालयका प्रमुख, बखत खड्काले मोटरसाइकलमा गएर लाप्चा पुगि मानसरोवर कैलाशको दर्शन गर्न सफल भएको जानकारी दिए ।
यसअघि पैदल, टिप्पर वा बोलेरो जीपमा यात्रा गरिरहेका बेला पहिलो पटक उनको टोलीले मोटरसाइकलबाट यात्रा गरेको हो ।
सिमकोटबाट बिहान आठ बजे मोटरसाइकलमा हिंडेको टोली बेलुका चार बजे लिमीको तुम्लिङ पुग्न सफल भएको थियो ।
उनी सहित अर्का एक जना पछिल्लो बिहान दुई घण्टामा लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गर्न सफल भएको थियो ।
लाप्चा क्षेत्रको पाँच हजार मिटर अग्लो स्थानमा मोटरसाइकलमा गुड्दाको आनन्द अर्कै हुने अनुभव उनको रहेको छ ।
कच्ची सडक र धुलोले केही समस्या भएपनि समय भने कम लाग्ने र आर्थिक रुपमा पनि मितव्ययी हुने गरेको छ । त्योसँग तुम्लिङ खोलामा भने तर्न समस्या हुँदा गाडीमा मोटरसाइकल लैजानु पर्ने हुन्छ । यी बाहेक यात्रा आरामदायी र सहज भएको उनले सुनाए ।
मोटरसाइकलको यात्राले लाप्चाबाट मानसरोवर कैलाश दर्शनको यात्राले अन्य आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने भएको छ । पहिलो मोटरसाइकल यात्रा सफल भएपछि चार जोडी अन्यले पनि लाप्चा यात्रा तय गरिसकेका छन् ।