वीरेन्द्रनगर : कर्णालीको विकास र समृद्ध गर्न मिडिया क्षेत्रको भुमिका ठुलो रहने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । मंगलबार सुर्खेतमा कर्णालीखबरको औपचारिक उद्घाटन गर्दै शाहीले उक्त बताएका हुन् ।
दोभान मल्टिमिडियाद्धारा सञ्चालित कर्णालीखबर (karnaalikhabar.com) डटकमको औपचारिक रुपमा शुभारम्भ भएको छ । शुभारम्भ कार्यक्रमसँगै दोभानकै आयोजनामा गरिएको छलफलमा मुख्यमन्त्री शाहीले कर्णालीको विकास र समृद्ध गर्न कर्णालीखबरको भूमिका पनि उत्तिकै रहने बताएका हुन् ।
उनले भने, ‘कुनै पनि क्षेत्रको विकासका लागि सबैको भुमिका उत्तिकै रहन्छ । यसमा पनि मिडियाका क्षेत्रबाट भुमिका ठुलो रहन्छ । यसमाथि नयाँ मिडिया आएको छ । यसले नयाँ काम गरोस् । कर्णालीका राम्रा, नराम्रा पक्षलाई समेटेर काम गरोस् । कर्णालीको विकास र समृद्धको यात्रामा कर्णालीखबरको पनि भुमिका उत्तिकै रहन्छ ।’
‘कर्णालीखबर परिक्षण कालमै राम्रो देखिएको छ । यसले कर्णालीमा लुकेका कुरालाई बाहिर ल्याउनमा जोड दिन जरुरी छ । आगामी यात्राको शुभकामना’ मुख्यमन्त्री शाहीले थपे ।
कर्णालीखबरको औपचारिक शुभारम्भसँगै दोभानको आयोजनामा मंगलबार राजधानी वीरेन्द्रनगरमा कर्णालीको विकास, विविधता र पर्यटन विषयक बृहत छलफल भएको थियो ।
उक्त छलफल तथा कर्णालीखबरको औपचारिक उद्घाटनमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पर्यटन मन्त्री नन्दसिंह बुढा, उपसभामुख पुष्पा घर्ती, बाल रोग विशेषज्ञ डा.वराज केसी, नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, नाटा सुर्खेतका अध्यक्ष निर्मल केसी, माओवादी केन्द्रका नेता इश्वरभक्त सुनार, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंह लगायत विभिन्न कार्यालयका प्रमुख, पत्रकार राजनीति दलका नेता, अधिकारकर्मी, कलाकर्मीको उपस्थिती रहेको थियो ।
यो पनि पढौं...