काठमाडौँः नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिन्छ। ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ। तीन नेत्र हुने ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी मानिन्छ। कठोर साधनामा लिन रहने हुँदा उनलाई ब्रह्मचारिणी भनिएको हो।
नवदूर्गाहरुमध्ये भक्तहरुलाई सिद्ध र अनन्त फल दिने देवी नै ब्रह्मचारिणी देवी हुन् । धार्मिक मान्यता अनुसार यी देवीको उपासनाबाट मनुष्यहरुमा तप, त्याग र वैराग्य, सदाचार, संयमको समेत बृद्धि हुने गर्दछ । यी देवीको ध्यान गर्नाले जीवनको कठिन परिस्थितिमा समेत मानिसहरुको मन कर्तव्यपथबाट विचलित हुनेछैन ।
ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिने गरिन्छ । कठोर साधनामा लिन हुने तीन नेत्र भएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यकी देवी मानिन्छ।
ब्रह्मचारिणी पूजापाठ र उपसना गर्नाले ज्ञान, शक्ति र सुख प्राप्त हुने विश्वास गरिन्छ । घटस्थापना अर्थात् हिजोदेखि नै देशभरका दुर्गा भगवतीका मन्दिरमा भीड लाग्ने गर्छ । यस वर्ष भने सरकारले सबै मन्दिर बन्द गर्न निर्देशन दिएपछि मन्दिरमा नित्यपूजा मात्र भइरहेको छ ।
पहिलो र दोस्रो दिन शैलपुत्री र ब्रह्मचारिणीको पूजापाठ गरेका भक्तजनले अब तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्छन् ।
“ब्रह्मचारिणी स्रोत पाठ”
तपश्चारिणी त्वंहि तापत्रय निवारणीम्।
ब्रह्मरूपधरा ब्रह्मचारिणी प्रणमाम्यहम्॥
शंकरप्रिया त्वंहि भुक्ति(मुक्ति दायिनी।
शान्तिदा ज्ञानदा ब्रह्मचारिणीप्रणमाम्यहम्॥
ब्रह्मचारिणी मन्त्र :
या देवी सर्वभूतेषु माँ ब्रह्मचारिणी रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
दधाना कर पद्माभ्याम अक्षमाला कमण्डलू ।
देवी प्रसीदतु मई ब्रह्मचारिण्यनुत्तमा ।।