सिमकोट : नेपाली सेनाले निर्माण गरेको खुलालु लैफु हुँदै सलीसल्ला सडकखण्डमा सेनाले मर्मत गर्दै आएको छ । हस्तान्तरण गरेको तीन महिनासम्म मर्मत गर्नुपर्ने नियम अनुसार सेनाले सडकको सो काम गर्दै आएको हो ।
नेपाली सेनाको विकास निर्माण दलका योजना प्रमुख मिलन कार्कीले उक्त सडकखण्डमा वर्खाको कारण भत्केको, पहिरोले अवरुद्ध भएको भागको मर्मत कार्य सेनाले गर्दै आएको जानकारी दिए ।
उनले, कर्णाली करिडोरको कालिकोटको खुलालु, लैफुदेखि लीसल्लासम्मको १२२ दशमलव चार किलो मिटर सडकको मर्मत कार्यमा सेना जुटिरहेको हो ।
यो खण्डमा बर्खामा पहिरो जाँदा तथा ढुङ्गा खस्दा चार दर्जन भन्दा बढी स्थानमा भत्केको सडकको मर्मत गर्ने कार्य तीव्र भइरहेको सेनाले जनाएको छ ।
नियम अनुसार सेनाले निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गरेको तीन महिना पछिसम्म भत्केको सडकको मर्मत सेनाले नै गर्नुपर्ने भएको कारण हाल सेना करिडोरको उक्त खण्डमा काम गरि रहेको छ ।
धेरै स्थानमा खसेको पहिरो पन्छाउने कार्य भइसकेको र अब बाँकी रहेको क्षेत्रमा पनि मर्मत कार्य भइहेको छ । भीर फुटेर अवरुद्ध भएका सडकको मर्मत गरेर सडक सुचारु गर्ने कार्य भइ सकेको र बाँकी मर्मत गर्ने कार्य पनि चालु रहेको सेनाले जनाएको छ ।
वर्षाले कालिकोट, बाजुरा र हुम्ला खण्डमा पर्ने सडक मध्य हुम्ला खण्डमा बढी क्षेत्री पुर्याएरको थियो । सडक अवरुद्ध भएपछि केही समयका लागि यातायता सेवा समेत अवरुद्ध भएको थियो । त्यसैगरी सडकको ठाँउठाँउमा कल्भर्ट बनाउने कार्य पनि सेनाले गरि रहेको छ ।
भत्केको सडकको मर्मतका लागि भनेर उनले नेपाली सेनाले सडक हस्तान्तरण पछि पनि क्याम्प नछोडेको जानकारी दिए । अब आगामी कात्तिक महिनासम्म सडक अवरुद्ध वा भत्के सेनाले नै त्यसको मर्मतको जिम्मा लिनु पर्नेछ ।
गत असार ३१ गते आफुले निर्माण गरेको कर्णाली करिडोरको सडक हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरेको थियो ।