सल्यान : बनगाड कुपिण्डे नगरपालिका–१२ निगाल्चुलामा नेकपा एकीकृत समाजवादीको वडा भेला सम्पन्न भएको छ । भेलालाई जिल्ला अध्यक्ष उदय बोहरा, सचिव रमेश कुमार गौतम, प्रदेश कमिटी सदस्य गणेश विसी लगायतकाले सम्बोधन गरेका थिए ।
नगर भन्दा टाढा रहेको यो वडामा उक्त भेला भएको हो । उक्त वडामा नेता कार्यकर्ता कमै पुग्ने गरेका छन् । किन ? पुग्नै हम्मे हम्मे पर्ने गरेको छ । यस पटक समाजवादीले भने, भेला गरेको छ ।
भेलालाई पार्टी अध्यक्ष बोहराले कुनै कसैको लोभ र भुलभुलैयाबाट टाढा रहन आग्रह गरेका छन् । निगाल्चुलामा समाजवादीको भेलाले शुभ संकेत देखाएको उनले बताए।
निगाल्चुला पनि एमाले भन्दा समाजवादी नै बलियो रहेको नेताको दाबी छ । करिब एक सय बढीको उपस्थितिमा वडा कमिटीसँग युवा संघ समेत गठन गरेको छ । तुलसी प्रसाद वलिको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरिएको छ । भने, डिलवहादुर विकको अध्यक्षता ३५ सदस्यीय युवा संघ गठन गरिएको छ ।
साथै पार्टी अध्यक्ष बोहराले एमालेका संगठित सदस्य प्रमोद पुन, लालबहादुर खत्री, महेन्द्र खत्री, सुशील वली र नेपाली कांग्रेसबाट शेरवहादुर खड्का ,शेरवहादुर वलीलाई समाजवादीमा प्रवेश गराएका छन् । एमाले र समाजवादीमा भनेर विवादास्पद बनेका जोखे कामी पनि समाजवादीको वडा कमिटी सदस्य वनेका छन् ।
नगर संयोजक रविराज शर्मा, जिल्ला कमिटी, वडा अध्यक्ष तथा नगर कमिटी सचिव गोविन्द डाँगी, युवा संघ नगर सचिव प्रसान्त साहु, युवा संघका जिल्ला कमिटी सदस्य ईन्द्र पुन, पुर्नबहादुर घर्ती, पार्टी नगर कमिटी सदस्य दीप बस्नेत लगायतले आफ्नो धारण राखेका थिए । नगरको उच्च डाँडा भएको कार्यक्रम स्थानीय अगुवा पार्टी कार्य कार्यकर्ताको उल्लेख्य सहभागीता रहेको थियो ।