काठमाडौं : सबभन्दा बढी गरिबी कहाँ छ ? अशिक्षा कहाँ छ ? बेरोजगार कहाँ छ ? विभेद कहाँ छ ? हिंसा कहाँ छ ? यी प्रश्नको जवाफसँगै आउँछ कर्णाली । यतिमात्रै होइन, कर्णालीमा हिजो विभेदविरुद्धको नारालाई प्राथमिकतामा राखेर युद्ध छेडिएको झल्झली सम्झना पनि छ ।
युद्ध सम्पन्न भयो, व्यवस्था परिवर्तन भयो, गाउँ घरमा चलिरहेका नारा परिवर्तन भए । देश, संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको वषौं भयो । तर, कर्णालीको कथा व्यथा ज्युँका त्युँ रह्यो । सधैं अशिक्षा, गरिबी, भोकमरी, विभेदले पिरोलिरहेको छ ।
अघिल्लो साता मात्रै, कर्णााली विकास, विविधता र पर्यटन विषयक राजधानी वीरेन्द्रनगरमा बृहत छलफल भयो । छलफलमा, कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पर्यटन मन्त्री नन्दसिंह बुढा, उप-सभामुख पुष्पा घर्ती, लगायतको उपस्थिती रह्यो । छलफलका क्रममा कर्णाली सरकारमाथि महिला हिंसा, विभेद लगायत विभिन्न प्रश्नहरु तेर्सिए ।
कार्यक्रममा, ‘महिला हिंसा अन्त्यका लागि सबैको पहल हुन जरुरी छ । समाजमा भएको विभेदकारी सोचमाथि आक्रमण हुन जरुरी छ’ उप-सभामुख घर्तीले भनिन्, ‘कर्णालीमा अझै हिंसा छ, विभेद कायम छ, जनयुद्धले परिर्वतन त ल्यायो । तर, पितृसत्ता र सोचमा परिर्वतन ल्याउन नसकेको साचो हो । यसमा कर्णाली सरकार सरकार प्रतिवद्ध छ । मुक्तिका लागि कर्णाली सरकार लागिरहेको छ ।’ उप-सभामुख घर्तीले महिला हिंसा, जातीय विभेद मात्रै होइन, सबै खाले विभेदकारी सोचमाथि आक्रमण गर्न जरुरी भएको बताइन् ।
‘‘सरकार बनेर पनि अवधि सकिनै लाग्यो । माओवादी नेतृत्वको सरकार विदा भएर जाँदा कर्णालीवासीलाई देखाउने खाले काम के छन् ? अहिलेसम्म सरकारले के गर्यो ? समाजमा विभेद कायम छ, महिला हिंसा कायम छ, राजधानी वीरेन्द्रनगरमै कयौं बालिका बलात्कृत भइरहेका छन् । तर, कर्णाली सरकारले हेरेर बसेको अवस्था हो ? कतै सरकार नै यी घटनाका दोषीको संरक्षणमा लागेको त छैन ?’ सहभागीको प्रश्नसहितका गुनासो ।
सहभागीले यस्तो प्रश्न गर्नु पनि स्वाभाविक थियो । किन ? श्रृङ्खलावद्ध कर्णालीमा इतिहासकै कलंकित र डर लाग्दा घटना घटिरहेका हुन्छन् । जो, रुकुममा देखियो, कालीकोटमा देखियो, जाजरकोटमा देखियो, दैलेखमा देखियो ।
इतिहास जस्तै वर्तमान ताजा छ । उक्त घटनाको सरकारले राम्रोसँग निरुपण नगर्दा बारम्बार हिंसा खेप्नु परेको छ । जुन, प्रदेशमा कानुन मन्त्री महिला छन्, उपसभामुख महिला छन्, तर, कयौं महिला घरेलु हिंसा खेपिरहेकी छन् । हिंसाबाट मुक्त गर्न सरकारले उचित खाल्का कार्यक्रम तय गर्न सकेको छैन ।
कर्णालीमा हिंसा छ, विभेद छ, अशिक्षा छ, गरिबी छ । यो मात्रै होइन, परिवर्तनका लागि खेति गर्ने कर्णाली सरकार पनि छ । तर, समस्या भने ज्युँका त्युँ छन् ।
यो पनि पढौं..