वीरेन्द्रनगर : सुर्खेतका ३० वटा निजी स्वास्थ्य संस्था (पोलिक्लिनिक, फार्मेसी र अस्पताल)को क्षमता वृद्धि गरिने भएको छ । मुमेन्ट निजी स्वास्थ्य सेवा प्रवाह नेपाल (एमपीएचडी) परियोजनाले वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिकाका ३० वटा निजी स्वास्थ संस्थाको क्षमता वृद्धि गर्न लागेको हो ।
१५ देखि २९ बर्ष उमेर समूहका किशोर किशोरीहरुलाई गर्भनिरोधक साधनहरुको प्रयोग, परिवार योजना सम्बन्धि परामर्श, सेवाग्राही केन्द्रीत परिवार योजना र आवश्यकता अनुसार स्वास्थ्य संस्थालाई रेफरल सेवा दिने उद्देश्यले स्वास्थ्य संस्थाहरुको क्षमता अभिवृद्धि गरिने लागिएको हो ।
यूएसएआइडीको आर्थिक सहयोगमा परियोजना सुरु भएको हो । किशोरलाई गुणस्तरीय परिवार योजनाको सेवा दिने बनाउनु परियोजनाको मुख्य उद्देश्य रहेको छ ।
परियोजनाले सेवा प्रदायक संस्थालाई गुणस्तरीय सेवा प्रदान गर्न क्षमता वृद्धि गर्दै सेवा प्रदायक संस्थाको पनि व्यवस्थापकीय क्षमता वृद्धि गर्न सहयोग गर्ने परियोजना संयोजक तेजबहादुर बिष्टले जनाए ।
आइतबार वीरेन्द्रनगरमा भएको मुमेन्ट निजी स्वास्थ्य सेवा प्रवाह नेपालले आयोजनाले गरेको परिचयात्मक कार्यक्रममा परियोजना संयोजक विष्टले यस्तो जानकारी दिइएको हुन् ।
सेवा अभिवृद्धिका लागि कार्यरत जशक्तिलाई परामर्श तथा अभिमुखिकरण गरिने छ । भने, संस्थाको विकासका लागि व्यवस्थित तथ्याङ्क र सूचना व्यवस्थापनका उपायहरु सिकाइने छ ।
सन् २०२२ मेसम्म सञ्चालन हुने परियोजना तीनवटै तहका सरकार र निजी स्वास्थ्य संस्थासँगको आपसी समन्वयमा पाइलो टिंग प्रोजेक्टका रुपमा लागु गरिएको हो ।
कार्यक्रममा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्का, सामाजिक विकास मन्त्रालय स्वास्थ सेवा महाशाखा प्रमुख बृषबहादुर शाही, जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधी वाग्ले र भेरीगंगा नगरपालिकाका स्वास्थ शाखा प्रमुख राजेश बुढाले परिणाममूखि काम गर्न सुझाव दिए ।