जुम्ला : ‘असमानता हटाउन आवश्यक छ । सबैको साथ र योगदानः सुलभ, समान र उपयुक्त मानसिक स्वास्थ्य हाम्रो अभियान’भन्ने नाराका साथ यसवर्ष जुम्लामा पनि टिपियो नेपालको आयोजना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल पत्रकार महासंघको समन्वयमा विश्व मानसिक स्वास्थ्य दिवस अन्तरक्रिया कार्यक्रम गरी मनाइएको छ ।
कार्यक्रममा, जुम्लाका जिल्ला मनोविमर्शकता नन्दराज आचार्य भने, ‘अझै पनि समाजमा मानसिक रोग लागेको व्यक्ति भन्ने वित्तिकै नकारात्मक सोच राख्ने गरिन्छ । भएका मानिस खुलेर अस्पताल आएका छैनन् । कडा अवस्था भएपछि मात्र अस्पताल जाने गर्छन् । त्यसकारण पनि उनीहरूको उपचारमा धेरै समय लाग्ने गरेको छ ।’
उनी भन्छन्, ‘विश्वका १० खतरनाक रोग जसले, मानिसको दैनिक क्रियाकलापमा असर गर्छ । जस मध्ये ५ वटा मानसिक रोगका कारणले गर्दा हुन्छ, डिप्रेसन, मेनिया, सिजोफोर्निया, दुर्व्यसनी र डिमेन्सिया पर्छन्
। डिप्रेसन रोग सबैभन्दा बढी पाइने मनोरोग हो। नेपालमा मनोरोगका विरामीलाई उपचार गर्ने जनशक्तिको कमी छ। जुम्लामा यो समस्या बढ्दै गएको छ ।’
‘यसका विषयमा कुनै पनि सरकारी पक्ष जिम्मेवार देखिदैन । विश्वमा हरेक वर्ष १० अक्टोवरमा मानसिक स्वास्थ्य दिवस मनाइन्छ । तर, मानसिक रोगलाई मनोरोग भनेर पनि चिन्ने गरिन्छ । विश्वमा करिब ५० करोड मानिस कुनै न कुनै प्रकारको मनोरोगबाट पीडित छन’ उनले थपे ।
त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनो चिकित्सक डाक्टर अनुप देवकोटाले भने, ‘वर्तमान समयमा हेर्दा कडा खालका मानसिक रोग भएका विरामी अस्पतालमा आउने गरेको छन । उनीहरूको उपचारमा धेरै समय लाग्ने गर्छ । ’
‘समाजमा मानसिक रोग लागेका मानिसलाई ‘पागल’ वा ‘बहुला’को रूपमा हेर्ने गरिन्छ । त्यसकारण पनि रोगीहरू कसैलाई देख्छ भन्ने डरले पनि अस्पताल नआउने गरेका छन्’ उनले थपे ।
उनले भने, ‘यो जुम्लामा मात्रै होइन, नेपालमा मनोरोगका विरामीलाई उपचार गर्ने जनशक्तिको कमी छ । सरकारनै मानसिक स्वास्थ्य सम्बन्धी बजेट छुट्याइएको हुँदैन । यसले गर्दा नेपालमा मनो रोगका विरामीको मानसिक अस्पताल, मेडिकल कलेज, सरकारी अस्पताल र निजी अस्पतालमा उपचार हुने गरेको छ।
‘सामान्य खालका मनोवैज्ञानिक समस्या २५देखि ३० प्रतिशत सम्म मानिसको जीवनमा विभिन्न समयमा पाइन्छ । मेहनत गर्न न छोड्ने, अनावश्यक कुरामा बारम्बार एकोहोरो सोचाइ नगर्ने, लागु पदार्थ सेवन नगर्ने अनि मनमा रहेको समस्या अरुलाई बाँड्ने गर्नाले मानसिक रोग लाग्ने सम्भावन कम रहन्छ’ डाक्टर देवकोटा भन्छ, ‘धेरैजसो आत्महत्याको घटना मानसिक विरामीबाट हुने गरेको छ । नेपालमा आत्महत्या गर्नेमध्ये करिब ८० प्रतिशत मानसिक रोगी नै छन् । बाँकी, सिजोफ्रेनिया, डिमोन्सिया, रक्सी र लागूऔषध सेवनका कारण आत्महत्या गर्ने पुग्छन् ।’
मानसिक रोगको उपचार गर्नु भनेको आत्महत्याको रोगथाम गर्नु पनि भएको चिकित्सकको सुझाव छ । पछिल्लो जुम्लामा पनी धेरै आत्महत्या गर्ने क्रम बढ्दै गएको छ । युवावर्गमा आर्थिक पक्ष अथवा घर–परिवारबाट छुट्टिनु पर्दाको पीडाले पनि आत्महत्याको सिकार बन्दै गएका छन् ।
‘घर–परिवारमा कुनै सदस्यले अनौठो क्रियाकलाप देखाउने, निराश हुने, बढी डराउने लगायतका क्रियाकलाप गर्ने थाल्यो भने, मानसिक रोगको सिकार भएको हुन सक्छ ।
त्यसैगरी, अनावश्यक रूपमा निद्रा बिग्रन थाल्यो, व्यक्ति दुब्लाउँदै गयो, आत्महत्याको सोच आयो भनेर कोहीसँग कुरा गर्न थाल्यो भने मानिसमा मानसिक रोग बढ्दै जान्छ ।
विद्यालय स्तरमा मानसिक स्वास्थ्य शिक्षा आवश्यक छ । आधुनिक परिवेशमा हुर्किएका बालबालिकामा डिप्रेसनको समस्या बढ्दै गएको छ । त्यसको न्यूनीकरणका लागि स्कुल तहबाट जनचेतना बढाउनु पर्ने देखिन्छ ।
मनोचिकित्सक डाक्टर देवकोटाले भने, ‘मानसिक रोगको पहिलो उपचार भनेकै सकारात्मक सोच राख्नु हो । पहिलो चरणमा मानिसमा मानसिक समस्या चिन्न सकियो भने समयमै उपचार गर्न सकिन्छ । कडा खालको मानसिक रोग लागेका व्यक्तिलाई औषधि प्रयोग, मनोपरामर्श, विद्युतीय प्रवाह गरी उपचार गर्ने सकिन्छ ।’
जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांकअनुसार तीन वर्षको अवधिमा ३२ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष ०७५/७६ देखि आर्थिक वर्ष ०७७ /७८को तथ्यांक हेर्दा ३२ जनाले आत्मा हत्या गरेका छन ।
जस, मध्ये वर्ष ०७७/७८ को तथ्यांक हेर्दा १४ जनाले आत्महत्या गरेका छन् । जसमा ६ जनाले विष सेवन र एक जनाले नदिमा हामफालेर आत्महत्या गरेका हुन् । भने, बाँकी सबै झुण्डिएर आत्महत्या गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
यो प्रहरीमा आएको तथ्याङक मात्रै हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि यस्ता धेरै घटना आउने गरेका छन् । तीन तहका सरकार उदासिन छ ।