गएको शनिबार दैलेखेको दरबारेभिरमा बस दुर्घटना भयो । दुर्घटनामा एक जनाको मृत्यु भयो । झण्डै १० जना घाइते भए । सुर्खेतबाट कालिकोट हिँडेको बस दरबारेभिरम दुर्घटना हुनु कर्णाली राजमार्गको नियती हो । दरबारे भिर बस दुर्घटनाको कारण र वास्तविकताबारे यात्रुले दिएको प्रत्यक्ष बयान यसप्रकार छ:
बसमा सवार यात्रुको बयानमा दुर्घटनाका ६ भयानक संकेत
मेरो घर शुभकालिका गाउँपालिका कालिकोट हो । नाम नखुलाई दिनुहोला । यस वर्षको दशैं घरपरिवारसँग मनाउँने निधोका साथ घर जाने निर्णय गरे । घरपरिवारबाट पनि फोन आईरहेको थियो । यसपालीको दशैंमा घर आउनू बाबू भनेर । म पढाईको लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बस्थे ।
घर जाने तयारीका साथ म गत शुक्रबार बेलुका नै सुर्खेत काँक्रेविहार यातयातको टिकट काउँन्टरमा पुगे । शनिबार बिहान १० बजे सुर्खेतबाट कालिकोटको लागि छुट्ने बसको टिकट लिए । बस नम्बर ना ६ ख ९२२ नम्बरको थियो । म बिहानै बसपार्क पुगे ।
बस खोजेर सिटमा बसे । सिट नम्बर एउटै हालेर दुईजनाको टिकट समेत काउन्टरले काटेको रहेछ । आफ्नो सिटको लागि बसभित्र यात्रुहरुले झगडा गर्न थाले । मेरो सिट पहिलो नम्बरमा थियो । त्यहाँ अर्को यात्रु आएर मेरो सिट भनेर दाबी गरेपछि म कोलियामा गएर बसे ।
करिब ४० जनाको सिट क्षमता भएको बसमा ५० जना बढीको टिकट काटिएको रहेछ । बिहान १० बजे गाडि हिँड्यो । वीरेन्द्रनगरको मुलपानीबाट एक जना यात्रु पनि बसे । गाडी पुरानो थोत्रो थियो ।
पहिलो संकेत : गिरीघाटमै स्टार्ट बन्द
बस पुरानो थियो । यात्रु ५० जनाभन्दा बढी थिए । सिट र कोलिया भरिएको थियो । यात्रुले भरिएको बस सुर्खेत बराहताल गाउँपालिका–२ को गिरीघाटको उकालो सडकमा चल्दा–चल्दै रोकियो । स्टार्ट नै बन्द भएपछि बस रोकिएको थियो ।
बसले पहिलो संकेत त्यतीबेलै दिएको थियो । करिब एक घण्टा बन्द भईसकेको बस सबैको सहयोगमा धकेलेर स्टार्ट गरियो । सबै झरेका यात्रु बसमा बसेपछि गाडी १२ बजेपछि हिड्यो । त्यतिबेला बस चालकले नै चलाएका थिए । बस मालिक ढोकामा उभिएर यात्रा गरिरहेका थिए । बस बड्डीचौर पुगी सकेपछि फेरी एकजना यात्रुलाई मालिकले बसमा राखे । यात्रुको संख्या ५० बढी भईसकेको थियो ।
दोस्रो संकेत : बड्डीचौरमा टायर पन्चर्ड
बस गुरुले चलाउँदै जाँदा बड्डीचौर अगाडी कल्याणकाँध नपुग्दै बसको पछाडिको दायाँ साईटको टायर पन्चर भयो । यो भयानक दुर्घटनाको दोस्रो संकेत थियो । बसमा सवार यात्रुहरू चिच्याउँन थाले । मेरो पनि भित्रभित्रै मुटु कमजोर हुन थाल्यो । डर बढ्न थाल्यो । अरु यात्रु कराँउन थाले । गुरुले बस रोकेनन् ।
तेस्रो संकेत: दोेस्रो टायर पन्चर्ड
फेरी बस एक किलोमिटर अगाडि बढेपछि अर्को टायर पनि पन्चर भयो । यो दुर्घटनाको तेस्रो संकेत थियो । त्यपछि मात्रै गुरूले गाडि रोके । बीचबाटोको जंगल सबै जना अलपत्र प¥यौं । मालिक र गुरूले अन्य गाडीलाई रोकाउँन खोजे पनि कसैले नरोक्दा गुरु रिसाएर अर्को बसमा चडेर गए । हामी सबैलाई भोक लागि सकेको थियो ।
एक थोपा पानी पनि पिउन पाएनौं । त्यसपछि सबै यात्रु रुन थाले । बिहानै हिडेका यात्रु दिउँसोको ३ बजिसकेको थियो । यात्रुहरुले हामी अरू गाडीमा जान्छौँ भन्यौ । तर गाडी साहूँले कसैलाई जान दिएनन् । उनले पन्चर भएका दुईवटै टायरलाई खोलेर बस भित्र हाले । यात्रु जादैनौँ भन्दै कराउँदा पनि साहुँले जबरजस्ती यात्रुलाई बसभित्र हालेर दुई टायरको भरमा बस आफै चलाए ।
चौथो संकेत : दुर्घटित बसको आगो स्पीड
दुई घण्टा लाग्ने बाटोमा साहुँले एक घण्टामै पु¥याए । बसबाट यात्रु कुनै पनि झरेका थिएनन् । यात्रु कराउँदा पनि उनले बिना टायरको गाडी गुरुको रिसमा दौडाँए । बस पातलखोला पुगी सकेपछि दुईवटा पन्चर टायर बनाए ।
उक्त टायर बनाउँदा बनाउँदै बेलुकाको ६ बजी सकेको थियो । त्यहाँ बाट साहुँले भाई नाता पर्ने एकजनालाई खलासी समेत राखे । त्यहाँबाट फेरी गुरुले बस हाक्न थाले । बेलुकाको समय साना बच्चादेखी वृद्धा उमेरका व्यक्तिले पनि त्यसबसमा यात्रा गरिरहेका थिए ।
पाचौँ संकेत : फेरि टायर पन्चर्ड, प्रहरीको बेवास्ता
सबै जना नेपालीको महान चाड दशैं मनाउँनको लागि घर हिँडेका थिए । तर गुरूले कुनै यात्रुको कुरा सुन्न चाहेँका थिएनन् । उनले आफ्नै तालमा बस कुदाँइरहे । उनले मापसे पनि गरेका रहेछन् । दैलेखको तल्लोडुङ्गेश्र पुग्न करिब दुई घण्टा लाग्ने बाटोमा फेरी टायर पन्चर भयो ।
यो दुर्घटनाको पाँचौ संकेत थियो । गाडी आगो स्पीडमा कुदाइएको थियो । यो बिचमा यात्रु कराउँदा पनि पनि चालक र मालिकले कुनै पनि प्रवाह गरेनन् । तत्लोडुङ्गेश्वर पुगेपछि पन्चर टायर बनाए । सबै यात्रुलाई बसमा बसालेर बेलुका साढे ७ बजे बस फेरी हुँइकाए ।
तल्लोडुङ्गेश्वरको प्रहरी बिटमा पुगेर गाडी इन्र्टी समेत गरे । तर त्यहाँ भएको प्रहरी र ट्रफिक प्रहरीले गाडी भने जाँच गरेनन् । र, जान अनुमति दियो । यदि प्रहरीले गाडीलाई कारवाही गरेर त्यहीँ रोखेको भए यस्तो घटना घट्ने थिएन् ।
छैटौ संकेत : ब्रेक फेल
बस चालक र मालिकले बाटोमा यात्रुलाई म जसरी पनि घरमा पु¥याउँछु तपाईहरु नआत्तिनुहोस् । नहातारिनुहोस् भनिरहे । मैले जसरी पनि कालिकोट पुग्नु छ । मेरो भोली सुर्खेत फर्किने बस नम्बर पनि छ । तपाईँहरुलाई गन्तव्यमा पु¥याउछु भन्दै सान्तवना दिँदै थिए बसको ब्रेक फेल भयो । गाडी दुर्घटना भइहाल्यो ।
दुर्घटनापछिको कोलाहल
दैलेखको दुल्लुनगर पालिका–१ दरबारे भिरको आरोलोमा ब्रेक फेल भइसकेपछि सबै यात्रु कराउँन थाले । रुन थाले । डुङ्गेश्वरमा अगाडीबाट कोलियामा बसेका १० जना यात्रुहरु गाडीको हुँटमा बसेका थिए । उनिहरुको आवज पनि चर्को–चर्को सुनियो । सबैले भगवान गुहारे । ओरालोमा गाडी झन दौडिँयो । त्येतीबेला खलासिले हाम फाले ।
सबैको मर्ने बाहेक अरु उपाय नै थिएन् । सबै रुन थाले, देवी–देवता पुकारे । गाडी सडक छेउको रेलिङ्गमा ठोक्किन पुग्यो । त्यतिबेला झ्यालबाट एक वृद्ध खसेर घट्नास्थलमै ज्यान गुमाए । साहुँलाई गाडी रोक्न बिन्ती गरे । तर, सिट खाली थियो । साँहुले पनि कतिबेला हाम फालि सँकेछन् । हामीले पत्तै पाएनौँ ।
मैले पनि कोलियामा बसेकोले तत्काल हाम फाँले । सडकमा बजारिए । म बेहोस नै भएछु । एकछिन पछि ब्युझिँए । घडी हेर्दा ८ बजेको थियो । घाईते शरिर सँग रोडमा एक्लै हिड्दै गए । सडकमा मोबाइल, कसैको कपडा, बाकस, झोला, कसैको चप्पल, जुत्ता थिए ।
मान्छेहरु सकडको छेउँमा, भित्ताका बजारिएर बेहोस अवस्थामा थिए । मलाई लाग्यो भाग्यले म बचे छु भन्ने मनमा लायो । बस खोज्दै गए । ब्रेक फेल भएको ठाउँबाट करिब एकसय मिटर अगाडी सडकको भित्तामा अड्किएको रहेछ । बस भित्र एक महिला र चारजना बच्चाबच्ची मात्रै थिए ।
अरु सबै यात्रु बाटोमै खसेका रहेछन् । बसमा भएका यात्रुको उद्धार गरे । प्रहरीलाई आफै खबर गरे । तर प्रहरी खबर गरेको दुई घण्टा पछि मात्रै आयो । राती नै म सहित घाईते साथीहरुलाई उद्धार गरि उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा पु¥याइएको थियो । मेरो हातमा र बायाँ खुट्टामा चोट लागेको छ । अहिले मलाई ठिक छ । अस्पतालबाट डिस्र्चाज भइसकेको छु ।