सिमकोट : डेढ वर्ष अगाडी बाढी पहिरोले घरमा क्षेती पुर्याएपछि विस्तापित भएका घरपरिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ । एक वर्षदेखि निर्माण कार्य सुरु भएर सम्पन्न हुँदा पालमा बास बस्दै आएका ताँजाकोट गाउँपालिकाका विस्थापितलाई नयाँ घर हस्तान्तरण गरिएको हो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बाढी पहिरो पीडितलाई नयाँ घर हस्तान्तरण गर्दै जनताका लागि सरकार सदैब सहयोग गर्न तयार रहेको नयाँ हस्तान्तरण कार्यक्रमा बताए ।
मुख्यमन्त्री शाही सुर्खेतबाट ती नयाँ निर्माण भएका घर हस्तान्तरण गर्न हेलिकोप्टरबाट हुम्लाको ताँजाकोट आइपुगेका हुन् । बाढी पहिरोका बेला सुरक्षित बासका लागि निक्कै चिन्तित भएको कुराले पिरोलेको भएपनि अहिले सुरक्षित स्थानमा घर निर्माण भएर हस्तान्तरण गर्न पाउदा उनले गर्भ लागेको बताए । जनतालाई आबश्यकता भएको कारण सरकारले निर्माणका लागि सहयोग गरेका घरहरु समयमै निर्माण भएर हस्तान्तरण भएका हुन ।
पहिरोबाट ज्यान बचाउन सफल भएको भएपनि यसरी सुरक्षित स्थानमा घर बन्ला भनेर कहिल्यै नसोचेका स्थानीयले निक्कै राहतको महशुस गरेको गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले बताए ।
गाउँपालिकाको वडा नम्बर ४ का चार वटा बस्तीहरुमा पहिरोबाट निक्कै जोखिममा रहेका र क्षेती पुगेका १५५ घरधुरी २०७७ सालदेखि पालमुनी बस्दै आएका थिए ।
सबै घरधुरीलाई दुई तले शौचालयसहितको पाँच कोठे भवन हस्तान्तरण गरिएको हो । त्यतिबेलैबाट गाउँपालिकाले पाल सहयोग गरेर सुरक्षित स्थानमा बासका लागि पीडितलाई उद्धार गरेको थियो ।
यसका लागि पाँच लाख रुपियाँ प्रदेश सरकारबाट गाउँपालिकाको समन्वयमा सहयोग गरिएको थियो । यस्ता विपद्बाट क्षेती भएका घर निर्माण गर्न प्रदेश सरकारको कार्यविधिमा तीन लाखसम्म सहयोग गर्न सकिने प्रावधान भएपछि हुम्लामा त्यसबाट घर निर्माण गर्न नसकिने गाउँपालिकाको अनुरोधलाई प्रदेश सरकारले सुनुवाई गर्दै कार्यविधि नै परिवर्तन गरेर पाँच लाख पुर्याएर नयाँ पुर्ण घर निर्माणको बाटो खुलाएकोमा उनले प्रदेश सरकारलाई धन्यवाद दिए ।
गाउँपालिकाद्धारा केही गर्न नसक्ने भएको कारण यो समस्या प्रदेश सरकारसँग राखिएको थियो । यी घर प्रदेश सरकारको एकिकृत बस्ती बिकास कार्यक्रम अन्तर्गत निर्माण गरिएका हुन ।