खलंगा : सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले शिक्षकलाई दशैको तलव खुवाउन सकेको छैन । अन्तिममा निकासा गरेको शिक्षकको तलव बैंक बन्द हुन मात्र एक दिन अघि प्रक्रियामा गएको थियो ।
तर नगरले पठाएको निकासा पत्रमा प्राविधिक त्रुटिको कारण देखाउदै बैंकले विद्यालयको खातामा रकम ट्रान्सफर गर्न सकेन । कार्यालय बस्न नरुचाउने कर्मचारीका कारण र समयमै नगर सभा बस्न नसक्दा शिक्षकहरुले दशैमा तलब खान नपाएका हुन् ।
निजामती कर्मचारीहरुको खाता खातामा तलव गयो । तर शिक्षकको भने विद्यालयको खातामै तलब जान पाएन । नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला कार्य समिति सदस्य शिखर कुमार यरिले भने शिक्षक माथिको नगरको विभेदकारि नीति रहेको जनाए ।
निजामतीलाई तलव खुलाउने सक्ने । तर शिक्षकलाइ यो महामारीमा समेत तलब खुवाउन नसकेर स्थानीय सरकार निरीह भएकोमा शिक्षकहरुले दुख व्यक्त गरेका छन् ।
दिनभर बैंकमा कतिवेला तलव आउँला भनेर कुरेर बसेका शिक्षक लोकवहादुर बिसी पनि अब दशै कसरी मान्ने भन्ने पिरोलामा छन् ।
गोजीमा पैँसा नहुँदा कसरी दसंै मनाउने भन्ने चिन्ता उनमा छ । त्यसैगरि शिक्षकले तलब खान नपाएकोमा राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष नारद घर्तीले पनि रोष प्रकट गरेका छन् ।
यस विषयमा नगर प्रमुख, उप प्रमुख र प्रशाकिय अधिकृतको शिक्षक र नागरिक समाजले कडा रुपमा विरोध जनाएका छन् । शिक्षकहरु माथिको विभेदकारि शैलीप्रति उनीहरुको आपत्ति छ ।
दसैं विदा हुन अन्तिम दिन असौज २५ गते सेवाग्राहिले खातामा भएको रकम समेत झिक्न पाएनन् ।
बैंकले सिस्टम खराबी भएको भन्दै दिनभर सेवाग्राहीले आफ्नो खातामा रहेको रकम झिक्न सकेनन् । समयमै नगर सभा नबोलाउँदा त्यसको असर शिक्षकमाथि परेको हो ।
कार्यलयमा एक दिन बस्न नरुचाउने कार्यालय प्रमुख मनोज रेग्मी श्रावण ४ गते परिक्षाको बाहनामा काठमाडौँ गएका थिए ।
धेरै समयपछि कार्यलयमा अनुपस्थित रहेका रेग्मीलाई जनप्रतिनिधिको विशेष आग्रहमा यहि १३ गते नगर कार्यालयमा बोलाइयो । दुई घण्टामै नगरसभा सम्पन्न गरेर उनी १४ गते बिहान फेरि काठमाडौं उडे ।
तलव खुवाउनको लागि मात्रै भनेर २३ गते कार्यालयमा हाजिर भएका रेग्मी फेरि आज दशै मान्न घर हिडेका छन् ।
मन्त्रालयबाट विदा स्वीकृत गरि अध्यायन विदामा बसेका रेग्मीको भनाइ छ । लामो समय कार्यालयमा अनुपस्थित रेग्मीको विषयमा जनप्रतिनिधि वोल्न डराउने गरेको कर्मचारीको भनाइ छ ।
निजामतीको तलव बैंकमा गएर खातामा आयो । तर हेलाँका पात्र शिक्षकहरुको तलव भने विद्यालयकै खातामा जान सकेन ।विद्यालयका खातामा तलव नजादा शिक्षकहरुको खातामा विद्यालयले तलव हाल्न पाएनन् ।
त्यसैले शिक्षकहरुको दसैं यस वर्ष भने खल्लो हुने भएको छ ।कर्मचारीदेखि जनप्रतिनिधि समेत कार्यालयमा आफ्नो ड्युटी नगरी राज्यको तलब खाइरहेको नगरपालिकाका हाकिमका रुपमा रेग्मी परिचित छन् ।
एक हाकिमको मनोमानीले गर्दा नगरपालिकाको सेवा प्रभावित भएका बेला जनप्रतिनिधि भने गरैजिम्मेवार छन् । सम्भवतः जनप्रतिनिधि नै कर्मचारीसँग डराउने गरेका छन् ।
नगरपालिकाको गाडीसहित कार्यालय प्रमुख महिनौ अनुपस्थित हुदाँ समेत बोल्न नसक्ने जनप्रतिनिधिका कारण बनगाड कुपिन्डेका सेवाग्राही सँधै मर्कामा परिरहेका छन् ।