सिमकोट : ज्योति लाईफ इन्स्योरेन्स हुम्लाबाट विमा गरेका विमितलाई घातक रोगको दाबी भुक्तानी गरेको छ । भक्तपुर शाखाले पार्किन्सस रोग भएका मेघबहादुर परियारलाई घातक रोगको दाबी भुक्तानी पाँच लाख हस्तान्तरण गरेको हो ।
पार्किन्सस रोग भएका परियारलाई बिमाको रकम भक्तपुर शाखा प्रमुख नन्दकुमार दथेपुथे वीमा रकम पाँच लाख बराबरको चेक हस्तान्तरण गरेका हुन । उनी काठमाडौंमा उपचाररत थिए ।
हुम्लाबाट बिमा, भक्तपुरबाट सेवा परियारले ‘ज्योति थ्रि ट्वेन्टी धन बहार’ जीवन बिमा गरेका थिए । हुम्ला सिमकोट ८ का भइ हाल भक्तपुरमा बसोबास गदै आएका परियारले हुम्ला शाखाबाट बिमा गरेको थिए । भने, उनले कम्पनीसँग दाबी भुक्तानी भक्तपुर शाखाबाट गरेको हो ।
बिमा रकम हस्तान्तरण गर्दै भक्तपुर शाखा प्रमुख दथेपुथेले बीमाको महत्वबारे प्रकाश पार्नुको साथै कम्पनीले दाबी भुक्तानी छिटो र सहज तरिकाले गरेको बताए । नेपालको जुनसुकै शाखाबाट यस्ता घातक रोग दाबी गर्न सकिने र पीडितको पीडाको घडीमा सहज तरिकाले सेवा दिने शाखा प्रमुख दथेपुथे बताए ।
उक्त बिमा रकम लिदै पार्किन्सस रोग नामक घातक रोगबाट पीडित परियारले यो पीडाको घडीमा बिमा रकम दिएर घाउमा मलम लगाएकोमा ज्योति लाइफ इन्स्योरेन्स परिवारलाई धन्यवाद दिए ।
घातक रोगबाट पीडीत परियारले ‘परिवारको लागि बचत गरेको छु’ भन्ने सोचेको भएपनि आज मेरो जीवन बचाउन काम लागेको बताए । विमा मरेपछि पाइन्छ भनेर गर्ने होइन, सुरक्षाको लागि गर्ने भन्ने शिक्षा पाएको उनले बताए ।
‘सबैलाई अरु काम भन्दा पहिले बिमा गर्नु आवश्यक छ’ उनले भने । बिमाको लागि ज्योति लाइफ भक्तपुर जिल्लामा धैरे भक्तपुरवासीको विश्वास जित्न सफल भएको र आफ्नो उपचारको लागि सहयोग गरेकोमा बिमा कम्पनीका कर्मचारी र कम्पनीलाई आभार व्यक्त गरे ।